२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकदोहोरी गीतमा १ करोडको पहिलो युटूव रेकर्ड !

२०७५, २० मंसिर बिहीबार ०७:०९

अनिल अधिकारी | मङ्सिर २०, काठमाडौँ | पछिल्लो समयमा सर्वाधिक हिट लोक दोहोरी गित 'सालको पातको टपरी… ' बोलको गित छोटो समयमै युटूवमा हालसम्मकै सर्वाधिक बढी हेरिएको लोक दोहोरी बन्न सफल भएको छ । 

अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा परेको ‘सालको पातको टपरी…’ को युटुव भ्युज १ करोडको नजिक छ । यो समाचार तयार पार्दासम्म यो गीत युटुवमा ९९ लाख ७५ हजारले हेरेका छन् । पछिल्लो तीन दिनमा मात्र यो गीतले युटुवमा १० लाख भ्युज पाएको छ । यो गीतले केहि घण्टामै १ करोडको भ्युज पाउने निश्चित छ । 

बालबालिकादेखि बृद्धबृद्धासम्मको मुखमा झुण्डिन सफल यो गीत अहिले हरेक पार्टी, पिकनिक तथा सार्वजनिक समारोहमा बज्ने गरेको गीत हो । यो गीतको सबैभन्दा बढी लोकप्रियता म्युजिकल्ली 'टिक-टिक' बाट सुरु भएको हो ।  साथै तिहारको समयमा यो गीत सबैभन्दा बढी लोकप्रिय बन्यो । 


असोज १ गते युटुवमा आएदेखि यो गीतले युटूवमा निरन्तर आफ्नो लोकप्रियता जमाएको छ । दैनिक १ लाख भन्दा बढीको दरले युटुवमा यो गीत हेरिनुले पनि यसको लोकप्रियतालाई स्पष्ट पार्छ । यो गीतमा दर्शकले सबैभन्दा बढी मन पराएको पक्ष शब्दनै हो । साथै राम्रो शब्दलाई गीतको लयले झनै न्याय गरेको टिप्पणीहरु आएका छन् । 

कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीतको रचनाकार नवराज पन्त हुन् । वसन्त थापाले संगित भरेको भिडियोमा कुलेन्द्र, बसन्तसँगै नायिका मरिस्का पोखरेलले अभिनय रहेको छ । 


प्राय आधुनिक गीत मात्र सुन्न मन पराउने युवा जमातलाई यो गीतको सुरुमा 'टिकटक' एपमा सार्वजनिक 'जोडी पन्छी देखेपनि घर मुनिको बोटमा, तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठमा…' भन्ने शब्द सहितको छोटो क्लिपले युटुवसम्म तानेको र त्यसपछि युटुबसम्म दर्शक तानिएको देखिन्छ । युटुवमा प्रतिक्रियाहरु हेर्ने हो भने पनि गीतको शब्दले धेरैको मन-मुटु छोएको छ । अधिकांशले म्युजिकल्ल्ली पछी आफूले यो गीत हेरेको प्रतिक्रिया दिएका छन् ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो