२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकदोहोरी गीतमा १ करोडको पहिलो युटूव रेकर्ड !

२० मंसिर २०७५, बिहीबार ०७:०९

अनिल अधिकारी | मङ्सिर २०, काठमाडौँ | पछिल्लो समयमा सर्वाधिक हिट लोक दोहोरी गित 'सालको पातको टपरी… ' बोलको गित छोटो समयमै युटूवमा हालसम्मकै सर्वाधिक बढी हेरिएको लोक दोहोरी बन्न सफल भएको छ । 

अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा परेको ‘सालको पातको टपरी…’ को युटुव भ्युज १ करोडको नजिक छ । यो समाचार तयार पार्दासम्म यो गीत युटुवमा ९९ लाख ७५ हजारले हेरेका छन् । पछिल्लो तीन दिनमा मात्र यो गीतले युटुवमा १० लाख भ्युज पाएको छ । यो गीतले केहि घण्टामै १ करोडको भ्युज पाउने निश्चित छ । 

बालबालिकादेखि बृद्धबृद्धासम्मको मुखमा झुण्डिन सफल यो गीत अहिले हरेक पार्टी, पिकनिक तथा सार्वजनिक समारोहमा बज्ने गरेको गीत हो । यो गीतको सबैभन्दा बढी लोकप्रियता म्युजिकल्ली 'टिक-टिक' बाट सुरु भएको हो ।  साथै तिहारको समयमा यो गीत सबैभन्दा बढी लोकप्रिय बन्यो । 


असोज १ गते युटुवमा आएदेखि यो गीतले युटूवमा निरन्तर आफ्नो लोकप्रियता जमाएको छ । दैनिक १ लाख भन्दा बढीको दरले युटुवमा यो गीत हेरिनुले पनि यसको लोकप्रियतालाई स्पष्ट पार्छ । यो गीतमा दर्शकले सबैभन्दा बढी मन पराएको पक्ष शब्दनै हो । साथै राम्रो शब्दलाई गीतको लयले झनै न्याय गरेको टिप्पणीहरु आएका छन् । 

कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीतको रचनाकार नवराज पन्त हुन् । वसन्त थापाले संगित भरेको भिडियोमा कुलेन्द्र, बसन्तसँगै नायिका मरिस्का पोखरेलले अभिनय रहेको छ । 


प्राय आधुनिक गीत मात्र सुन्न मन पराउने युवा जमातलाई यो गीतको सुरुमा 'टिकटक' एपमा सार्वजनिक 'जोडी पन्छी देखेपनि घर मुनिको बोटमा, तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठमा…' भन्ने शब्द सहितको छोटो क्लिपले युटुवसम्म तानेको र त्यसपछि युटुबसम्म दर्शक तानिएको देखिन्छ । युटुवमा प्रतिक्रियाहरु हेर्ने हो भने पनि गीतको शब्दले धेरैको मन-मुटु छोएको छ । अधिकांशले म्युजिकल्ल्ली पछी आफूले यो गीत हेरेको प्रतिक्रिया दिएका छन् ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान