२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक, के-के छन् विशेषता ? (विशेषता र मुल्यसहित)

२०७५, २० मंसिर बिहीबार ०७:५२

मङ्सिर २०, काठमाडौं | नोकिया ब्राण्डको एचएमडी ग्लोबल कम्पनीले नोकिया ८.१ स्मार्टफोन लञ्च गरेको छ ।

नोकिया एक्स सेभेन स्मार्टफोनको ग्लोबल भेरिएन्टको रुपमा यो स्मार्टफोन कम्पनीले ल्याएको हो ।

दुबईमा आयोजित एक विशेष कार्यक्रममा यो नयाँ एन्ड्रोइड स्मार्टफोन लञ्च गरिएको छ ।

नोकिया ८.१ मा ४ जिबीको र्‍याम हुनेछ । यसको मुख्य विशेषता भनेको २० मेगापिक्सेलको सेल्फी क्यामेरा नै हो ।

यसका साथै यो स्मार्टफोनको ब्याट्री क्षमता पनि उच्च रहेको छ ।

डुअल सिमकार्डयुक्त यो फोन एन्ड्रोइड ९.० पाई अपरेटिङ सिस्टमबाट चल्दछ । फोनमा ६.१८ इन्चको फूल एचडी प्लस डिस्प्ले रहेको छ । जसको एस्पेक्ट रेसियो १८:७:९ छ भने स्क्रिन टू बडी रेसियो ८६.५ प्रतिशत रहेको छ ।

यो स्मार्टफोनको डिस्प्लेको माथिल्लो भागमा डिस्प्ले नच रहेको छ भने तल्लो भागमा नोकिया लेखिएको छ । मेटल फ्रेमयुक्त यो स्मार्टफोनमा अक्टाकोर क्वालकोम स्नापड्रागन ७१० प्रोसेसर रहेको छ । यसमा २.५ डी sJ8 ग्लासको प्रयोग गरिएको छ । ६४ जिबी इन्टर्नल स्टोरेजलाई माइक्रो एसडी कार्डमार्फत ४ सय जिबीसम्म बढाउन सकिन्छ ।

यो स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप रहेको छ । कार्ल जाइस अप्टिक्सयुक्त रियर क्यामरामा एउटा १२ मेगापिक्सेलको प्राइमरी क्यामरा छ भने अर्को १३ मेगापिक्सेलको सेकेन्डरी क्यामरा । १२ मेगापिक्सेलको क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन, इलेक्ट्रोनिक इमेज स्टाबिलाइजेसन र डुअल एलइडी फ्लास जस्ता फिचर रहेका छन् । १३ मेगापिक्सेलको सेकेन्डरी क्यामरा फिक्स्ड फोकस लेन्सयुक्त रहेको छ ।

यसमा पनि फिक्स्ड फोकस लेन्स रहेको छ ।

यो स्मार्टफोनमा बोथी फिचर रहेको छ । जसका माध्यमबाट एकसाथ अगाडि र पछाडिको क्यामराबाट फोटो खिच्न सकिन्छ ।

नोकिया ८.१ मा युएसबी टाइप सी पोर्टका साथै ३.५ एमएमको हेडफोन ज्याक पनि रहेको छ। यसमा ३५ सय एमएमएचको ब्याट्री छ । यसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ । यसले दुई दिनको ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ ।

यो स्मार्टफोनको वजन १७८ ग्राम रहेको छ । यसको लम्बाई १५४.८ मिलिमिटर लम्बाइ, ७५.७६ मिमि चौडाई र ७.९७ मिलिमिटर मोटाई रहेको छ ।

लञ्च गरिएको मोबाइलको मूल्य ५१ हजार नेपाली रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय