2026-07-26 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘स्मार्ट भिलेज’बनाउन प्रेरित गर्दै नास्ट, विभिन्न स्थानमा कार्यशाला सुरु

सञ्चिता घिमिरे | मङ्सिर २०, काठमाडौँ (रासस) | गाउँमा शहरी क्षेत्रमा जस्तै वाइफाईको सहज सुविधा हुनेछ । पहिरोको सम्भावित क्षेत्रवरपर वस्ने नागरिकले पहिरो आउनुभन्दा केही समयपहिले नै पूर्वसूचना पाउनेछन् । भूकम्पको पूर्वसूचना पाएकै आधारमा आउनु पहिले नै सबै पूर्वतयारीमा लाग्नेछन् । जम्मा भएको पोलिथिनलगायत फोहर दिनका लागि नागरिकले पैसा तिर्ने होइन उल्टो पाउनेछन् । विद्युतीय सवारीसाधनका कारण धुँवा र धुलेको मुस्लो देख्नुपर्ने छैन ।

फूर्तिलो गाउँ (स्मार्ट भिलेज) को दृश्य हो यो । यी सबै वा कतिपय ठाउँमा कुन बढी आवश्यक छ त्यही कुरा त्यहाँ शुरु गराउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न स्थानमा कार्यशाला थालेको छ । प्राविधिक सहयोग नास्टले गर्ने भन्दै स्थानीय सरकारलाई आफ्नो ठाउँमा प्रविधि भित्र्याउन प्रेरित गरिरहेको छ । स्मार्ट भन्ने कुरा ठाउँअनुसार फरकफरक हुनसक्ने प्रतिष्ठानका प्रविधि सङ्कायका प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । कुनै ठाउँका लागि जुन कुरा ‘स्मार्ट’ हो त्यही कुरा अर्को स्थानका लागि त्योभन्दा नयाँ कुरा चाहिन सक्छ । 

गत वर्ष धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले महोत्तरीमा मुसहर गाउँमा एकीकृत बस्ती निर्माण गरेको थियो । त्यही स्थानमा शौचालयको प्रयोगदेखि सरसफाइलगायत जीवनोपयोगी ज्ञान नास्टले सिकाएको छ । ढकालले भन्नुभयो, “कुन कुन काम गर्दा साबुनपानीले हात धुनुपर्छ भनेर शुरु गर्नु पनि त्यहाँका लागि उपयोगी हुन्छ ।” अहिले पनि अधिकांश ठाउँमा वाइफाई हुनु मात्रै त्यस ठाउँ ‘स्मार्ट’ हुनु हो भन्ने बुझाइ रहेको डा ढकालले बताउनुभयो । पेट्रोलबाट गुड्ने सवारीसाधनले धुँवाधुला फैलाउने हुँदा विद्युतीय सवारी साधनको प्रयोग बढाउन नास्टले सरकारलाई सुझाव दिइरहेको छ । 

फोहोरमैलाको व्यवस्थापन अहिले नगर क्षेत्रका लागि प्रमुख चुनौतीका रुपमा देखिएको छ । स्मार्ट तरीकाबाट फोहोर व्यवस्थापन गर्दा फोहोर समस्याभन्दा पनि सम्भावना बन्ने उहाँले बताउनुभयो । नास्टले पोलिथिनबाट पेट्रोलियम पदार्थ निकाल्ने प्रविधि स्थानीय सरकारलाई कार्यशालामार्फत देखाउँदै र शुरु गर्न प्रेरित गर्दै आएको छ । पोलिथिनबाट पेट्रोलियम पदार्थ निकाल्दा एकातिर फोहोर व्यवस्थापनमा सहज हुन्छ भने अर्कातिर पेट्रोलको आयात केही परिमाणमा भए पनि कम गर्न सकिन्छ । कुहिने र नकुहिने दुवै फोहोरको ‘स्मार्ट’ तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ । उहाँले भन्नुभयो, “पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गरेपछि नकुहिने फोहरबाट मल बनाउन सकिन्छ ।” 

घरायसीदेखि सामुदायिक काममा समेत ‘स्मार्ट’ तरिका अपनाउन सकिने नास्टले बताउँदै आएको छ । यीमध्ये कतिपय प्रविधि सरल र सस्तो पनि छन् । धारोमा पानी थाप्दा भरिएपछि आफैँ बन्द हुने वा शौचालयमा फल्स भएर खेर जाने पानीलाई पुनः प्रयोग गर्न सकिने तरिकाले त्यस ठाउँलाई ‘स्मार्ट’ बनाउने प्रमुख ढकालले बताउनुभयो । उहाँँले भन्नभयो, “भइरहेको सामग्रीमा नयाँ प्रविधि थपेर वा भएका स्रोत सामग्रीको प्रयोगबाट जीवनमा सहजता ल्याउन यसले सघाउँछ ।” 

‘स्मार्ट भिलेट’को अहिले राम्रो सम्भावना रहेको प्रमख ढकालले बताउनुभयो । एकातिर स्थानीय सरकार पहिलेभन्दा अधिकारसम्पन्न छ भने अर्कातिर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएका छन् । झट्ट सुन्दा चासो देखाए पनि धेरै स्थानीय सरकारले नयाँ प्रविधि शुरु गरिहालेका भने छैनन् । उहाँले भन्नुभयो, “यस्तो पनि हुन्छ भनेर अचम्ममा पर्नुहुन्छ तर नयाँ कुरा कसरी शुरु गरिहाल्ने भन्ने अन्यौलमा उहाँहरु पनि हुनुहुन्छ ।” 

विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने संस्था नास्टले अध्ययनको निष्कर्ष विभिन्न माध्यमबाट बाँड्ने गर्छ । यसले नयाँ प्रविधिको परीक्षणपश्चात् प्रविधि हस्तान्तरण गर्दै आएको छ । नास्टले विभिन्न कार्यक्रममार्फत प्रविधिका बारेमा बुझाउने र शुरु गर्न स्थानीय सरकारलाई प्रेरित गर्ने गरेको छ । नास्टले धेरै नगरपालिका र गाउँपालिकामा गएर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीसँग छलफल गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ