2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब काठमाडौँ महानगर भरीका निजि/सरकारी सबै विद्यार्थीको एउटै पोशाक

मङ्सिर २०, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ । 

महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी गराउनुभयो । 

“विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ”, उहाँले भन्नुभयो, “हामीले पनि एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरुपता ल्याउन थालेका हौँ ।” 

“एकै पटक विद्यार्थीको पोशाक एउटै बनाउन समस्या हुन्छ”, उहाँले भन्नुभयो, “विस्तारै महानगरभित्रका सबै विद्यालयमा तीन/चार वर्षभित्रमा एउटै पोशाक बनाउने लक्ष्य रहेको छ ।” विभागले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका सङ्घ सङ्गठन र अभिभावकसँग छलफल, अन्तक्र्रिया गरी पोशाक कस्तो बनाउने भन्ने निर्णय गर्ने छ । 

यसैगरी महानगरले विद्यालयको बिदामा समेत एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेण्डर लागू गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि विदेशी कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेकका सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेण्डर ल्याउन थालिएको शिक्षा अधिकारी कोइरालाले बताउनुभयो । 

महानगरको शिक्षा विभागले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको तयारीको बहानामा अनावश्यक बिदाको समेत कटौती गर्दै स्थानीय बिदाका लागि व्यवस्था भएको पाँच दिनको प्रयोग गर्दा शिक्षा विभागको पूर्व स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने व्यवस्था गरेको छ । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४० संस्थागत विद्यालय रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई