२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकि शुन्दरीलाई, नेपालकी शुन्दरी टप ५ मा परिनन्

२२ मंसिर २०७५, शनिबार १४:२६

मङ्सिर २२, काठमाडौँ । यो पटकको मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकि शुन्दरीले जितेकी छन् । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलकाे मन जित्दै  मेक्सिकाेकी सुन्दरी भेनेसा देलिअाेनले मिस वर्ल्ड २०१८काे ताज पहिरिएकी हुन् । १३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट लार्इ उपाधि विजेता घाेषणा गरेका थिए । 


त्यस्तै टप १२ मा नेपालकी सृंखलालाई पछी पार्दै टप ५ मा परेकी थाइल्याण्डकी प्रतियाेगी फर्स्ट रनर अप हुन सफल भइन् ।


यस पटकको मिस वर्ल्ड नेपालीहरुको लागि पनि निकै महत्वपूर्ण रह्यो कारण थियो नेपालकि सृंखला खतिवडा पनि यस पटक सहभागी थिइन् । तर उनको यात्रा ‘मिस वर्ल्ड’ २०१८ को अन्तिम १२ मा पुगेर टुंगियो । शनिबार साँझ भएको फाइनलको पहिलो चरण पार गर्दै शृङ्खला अन्तिम १२ मा पुगेकी थिइन् । यो पटक अन्तिम १२ मा भारत समेत परेन । 

टप १२ मा मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए । अन्तिम १२ बाट फेरी टप ५ छानिएको थियो । जसमा २३ बर्षीय खतिवडा परिनन् । एसियाबाट तीन सुन्दरी मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाइन् ।

नेपाल प्रतियोगितामा मिस मल्टिमिडिया तथा ब्यूटि वीथ पर्पोजको उपाधि जितेर अन्तिम ३० मा प्रवेश पाएकी थिइन्। मिस वर्ल्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला  खतिवडालाई बलियो प्रतिस्पर्धी मानिएको थियो। 

मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको थियो ।  विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए। आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य