२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी मुलुकहरूको सम्मेलनमा कतारी अमिर अनुपस्थित

२०७५, २३ मंसिर आईतवार १६:५१

मङ्सिर २३, रियाद, साउदी अरब (रासस/एएफपी) | कतारका अमिरले साउदी अरबको आयोजनामा भएको खाडी मुलुकहरूको आइतबार सुरु भएको शिखर सम्मेलनमा कतारका इमिरल सहभागिता जनाउनु भएन । 

साउदी अरबसहतिका केही मुलुकले कतारले आतङ्कवादी गतिविधिलाई सधाएको आरोप लगाउँदै गत बर्षदेखि कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका थिए । 

कतारमाथि इरान र खाडी क्षेत्रमा सक्रिय इरान समर्थक विभिन्न समूहलाई सहयोग गरेको आरोप लगाउँदै उनीहरूले कतारसँगको सम्बन्ध तोडेको घोषणा सन् २०१७ मा गरेका थिए । 

रियादले दोहासँगको डेढ बर्ष लामो विवादपछि सम्मेलको आयोजना गरी साउदी पत्रकार जमाल खसोग्गीको हत्या प्रकरण र यसले निम्त्याएका परिणाम र यमनी द्वन्द्वका बिषयमा छलफल गर्ने एजेन्डा तय गरी कतारी इमिर शेख तामिन विन हमद अल–थानीलाई निमन्त्रणा गरेको थियो । कतारले इमिरको निमन्त्रणामा प्रतिनिधित्व गर्दै आफ्ना विदेशमन्त्री सुल्तान अल–मुरैखीलाई पठाएको छ । 


दोहालाई समर्थन दिएको इरानले भने हालैमात्र साउदी अरबको प्रभाब रहेको तेल निर्यात राष्ट्रहरूको संगठन ओपेकबाट पनि बाहिरिने घोषणाले विवाद कम हुने सम्भावना देखिएको छैन । 

सम्मेलनको उद्घाटन गर्दै साउदी राजा सलमानले इरानले खाडी राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरी उक्त क्षेत्रमा सुरक्षा समस्या सिर्जना गरेको आरोप लगाउनु भएको छ । 

खाडीको सुरक्षा, स्थायित्वका लागि सहकार्यको खाँचो उहाँले औल्याउनुभयो । पत्रकार खसोग्गीका बिषयलाई लिएर साउदी राजकूमार तथा राज परिवार तनावमा रहेका समय सम्मेलन सुरु भएकाले सम्मेलनमा यस बिषयमा कसरी एकतावद्ध भएर अघि बढ्ने छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा