२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले ग्यालेक्सी s10 बजारमा ल्याउदै, के-के छन् फिचर्स (मुल्यसहित)

२९ मंसिर २०७५, शनिबार ०५:३९

मङ्सिर २८, काठमाडौं | सन् २०१९ मा बजारमा ल्याउने आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनको तयारी सामसुङले गरिरहेको छ ।

पछिल्ला केही हप्तायता सामसुङ ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् ।

सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन सिरिजका नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइन्छ । सो अवसरमा ग्यालेक्सी एस टेन, एस टेन प्लस तथा एस टेन लाइट गरी तिनथरी स्मार्टफोन सामसुङले ल्याउने भन्दै ती फोन लञ्च हुने मिति र फोनका स्पेशिफिकेसन्सका बारेमा पनि समाचार आएका छन् ।

Gizmodo UK  को एक रिपोर्ट अनुसार सामसुङ ग्यालेक्सी एस टेन सिरिजका स्मार्टफोन फेब्रुअरी १० मा लञ्च हुनेछ । लञ्च लगत्तै स्मार्टफोनको प्रिअर्डर पनि सुरु हुनेछ र मार्च ८ देखि बजारमा बिक्रि सुरु हुने बताइएको छ ।

समाचारमा दाबी गरिए अनुसार सामसुङ ग्यालेक्सी एस टेनका तिनवटा भेरिएन्ट हुनेछन् । ग्यालेक्सी एस टेनको स्टाण्डर्ड भेरिएन्टमा sJ8 डिस्प्ले हुनेछ । तर एस टेन लाइट भने कम मूल्यको हुने र कव्र्ड डिस्प्ले रहनेछैन ।

ग्यालेक्सी एस टेनमा १२८ जिबी था ५१२ जिबी स्टोरेज गरी दुई भेरिएन्ट रहनेछन् । जसको मूल्य क्रमशः ७ सय ९९ युरो र ९ सय ९९ युरो रहनेछ ।

त्यस्तै ग्यालेक्सी एस टेन प्लसमा १२८ जिबी, ५१२ जिबी र १ टिबी गरी तिनवटा भेरिएन्ट रहने अनुमान गरिएको छ । जसको मूल्य क्रमशः ८९९, १०९९ र १३९९ युरो हुनेछ । त्यस्तै ग्यालेक्सी एस १० लाइटको १२८ जिबीको मूल्य ६६९ युरो हुने बताइएको छ ।

सामसुङ ग्यालेक्सी एस टेनमा ६.१ इन्चको sJ8 डिस्प्ले हुनेछ । त्यस्तै एस टेन प्लसमा ६.४ इन्च तथा एस टेन लाइटमा ५.८ इन्चको डिस्प्ले रहने बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य