१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदुरपश्चिमका सरकारी स्कूलमा स्कूल बसको ब्यवस्था हुनेः मुख्यमन्त्रि भट्ट

१ पुष २०७५, आईतवार ०३:२७

कृष्ण बिष्ट | पुष १, बैतडी | सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सरकारी बिद्यालयका लागी स्कूल बसको ब्यवस्था गर्ने बताएका छन् । शनिबार बैतडीको पाटन ९ बिजयपूरमा रहेको ज्ञानेस्वर माद्यमिक बिद्यालयको ४४ औँ बर्षिकोत्सब समारोहमा बोल्दै मुख्यमन्त्रि भट्टले पिच सडकले छोएका बिद्यालयहरुमा स्कूलबसको ब्यवस्था गरिने बताए । 

उनले भने स्कुल बस कार्यक्रम ल्याउनका लागी छलफल गरिरहेका छौँ, केहि समयमै यो कार्यक्रम लागु हुनेछ, यो कार्यक्रम तत्काल सडकको राम्रो सुबिधा भएका ठाउँहरु लागु हुने उहाले बताउनुभयो । बिद्यार्थीहरु सडक पुगेका ठाउँहरुमा समेत घण्टौँ हिडेरै अध्ययन गर्न जाने गरेकोले यो समस्या अब प्रदेश सरकारले छिट्टै हटाउने बताए । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालय, अबिभावक, बिद्यार्थीको त्रिपक्षिय सम्बन्ध सुमधुर र नजिकको हुनुपर्ने उहाले बताउनुभयो । ‘एक व्याक्ती, एकपक्ष ले मात्रै शिक्षामा गुणस्तर सुधार हदैन, बिद्यालयको ब्यावस्थापकिय पक्ष, अबिभावक, बिद्यार्थी लगायत शिक्षा सँग प्रतक्ष सम्बन्ध राख्ने सबै सरोकार निकायको उत्तिकै भुमिका हुन्छ । शिक्षाको बिकासका लागी सबै क्षेत्रको महत्वपुर्ण भुमिका हुन्छ, उनले भने । 


यस्तै प्रदेश सरकारले केहि काम गरेनकी भन्ने नागरिकको गुनासो आइरहेकाले आफुहरु अझै सरंचना ब्यवस्थीत गर्नमै लागेको उनले बताए । आवस्यक निती निर्माण र कानुनको कार्यान्वयनको चरणमा रहेकाले कामको परिणाम छिट्टै देखिने बताए । 

यस्तै बैतडी क्षेत्र न. (क) बाट निर्वाचित प्रदेशसभा सांसद प्रेम प्रकाश भट्टले यस बर्ष मात्रै बैतडी जिल्लामा १अर्ब बढि बजेट प्रदेश सरकारका तर्फबाट बिनियोजन भई कार्यान्वयनमा रहेकाले बिकास निर्माणमा प्रदेस सरकारले महत्वपुर्ण भुमिका निभाईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना