2026-09-15 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदुरपश्चिमका सरकारी स्कूलमा स्कूल बसको ब्यवस्था हुनेः मुख्यमन्त्रि भट्ट

कृष्ण बिष्ट | पुष १, बैतडी | सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सरकारी बिद्यालयका लागी स्कूल बसको ब्यवस्था गर्ने बताएका छन् । शनिबार बैतडीको पाटन ९ बिजयपूरमा रहेको ज्ञानेस्वर माद्यमिक बिद्यालयको ४४ औँ बर्षिकोत्सब समारोहमा बोल्दै मुख्यमन्त्रि भट्टले पिच सडकले छोएका बिद्यालयहरुमा स्कूलबसको ब्यवस्था गरिने बताए । 

उनले भने स्कुल बस कार्यक्रम ल्याउनका लागी छलफल गरिरहेका छौँ, केहि समयमै यो कार्यक्रम लागु हुनेछ, यो कार्यक्रम तत्काल सडकको राम्रो सुबिधा भएका ठाउँहरु लागु हुने उहाले बताउनुभयो । बिद्यार्थीहरु सडक पुगेका ठाउँहरुमा समेत घण्टौँ हिडेरै अध्ययन गर्न जाने गरेकोले यो समस्या अब प्रदेश सरकारले छिट्टै हटाउने बताए । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालय, अबिभावक, बिद्यार्थीको त्रिपक्षिय सम्बन्ध सुमधुर र नजिकको हुनुपर्ने उहाले बताउनुभयो । ‘एक व्याक्ती, एकपक्ष ले मात्रै शिक्षामा गुणस्तर सुधार हदैन, बिद्यालयको ब्यावस्थापकिय पक्ष, अबिभावक, बिद्यार्थी लगायत शिक्षा सँग प्रतक्ष सम्बन्ध राख्ने सबै सरोकार निकायको उत्तिकै भुमिका हुन्छ । शिक्षाको बिकासका लागी सबै क्षेत्रको महत्वपुर्ण भुमिका हुन्छ, उनले भने । 

यस्तै प्रदेश सरकारले केहि काम गरेनकी भन्ने नागरिकको गुनासो आइरहेकाले आफुहरु अझै सरंचना ब्यवस्थीत गर्नमै लागेको उनले बताए । आवस्यक निती निर्माण र कानुनको कार्यान्वयनको चरणमा रहेकाले कामको परिणाम छिट्टै देखिने बताए । 

यस्तै बैतडी क्षेत्र न. (क) बाट निर्वाचित प्रदेशसभा सांसद प्रेम प्रकाश भट्टले यस बर्ष मात्रै बैतडी जिल्लामा १अर्ब बढि बजेट प्रदेश सरकारका तर्फबाट बिनियोजन भई कार्यान्वयनमा रहेकाले बिकास निर्माणमा प्रदेस सरकारले महत्वपुर्ण भुमिका निभाईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ