Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘मिटर बक्स’ नहुँदा बझाङबासी अन्धकारमा बस्न बाध्य

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकेन्द्र बोहरा | पुष २, बझाङ | नेपाल बिद्युत् प्राधिकरण बितरण शाखा बझाङमा मिटर बक्स नहुँदा सेवाग्राही मर्कामा परेका छन ।

जिल्लामा राष्ट्रिय प्रशारण लाईन जडान भएको एक महिना बितिसक्दा पनि प्राधिकरणका कर्मचारीको ढिलासुस्तीका कारण ‘मिटर बक्स’ बितरण नहुँदा सेवाग्राही मारमा परेका हुन् ।

राष्ट्रिय प्रशारण लाईन जडान भएको एक महिना बढी बितेपनि ‘मिटर बक्स’ नहँदा  अन्धकारमा बस्न बाध्य भएको सुर्मा गाँउपालीका–४ का लालबहादुर बोहराले बताए ।

बझाङ राष्ट्रिय प्रशारण लाईनमा जोडिएपछि बत्तिको सुविधामा बसेका नागरिक ‘मिटर बक्स’ जडा नहुँदा निकै चिन्तीत बनेका छन् ।

बझाङ जिल्लाको छबिस पाथीभेरा गाउँपालिकाका स्थानीय रबिन बिकले भने, ‘अब त सुखका दिन आए भनेर मख्ख थियौं ।

तर, हालत त्यस्तै छ । छिटो ‘मिटर बक्स’ जडान गरिए राहत हुन्थ्यो ।’ ‘मिटर बक्स’ का लागि विद्युत्को कार्यालयमा जाँदा भोलि आउँछ भन्दै फर्काउने गरेको जिल्लाबासीको गुनासो छ ।

बिद्युत प्राधिकरण बझाङ बितरण शाखामा हालसम्म ७० जनाले नयाँ ‘मिटर बक्स’ को लिनका लागि निवेदन दर्ता गराएका छन ।

‘मिटर बक्स’ वितरणमा किन ढिलासुस्ती भनेर प्राधिकरण बितरण साखाका बझाङ प्रमुख राकेश भट्टलाई प्रश्न गर्दा– उनले भने, ‘एक हप्ता भित्र  धनगढीवाट मिटर बक्स  झिकाएर वितरण गरीने बताएका छन।’