६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अंकले घट्यो शेयर

३ पुष २०७५, मंगलवार १३:०३

पुस ३, काठमाडौँ | आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ । 

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार विन्दुले घटेर २४८ दशमलव ५९ विन्दुमा पुगेको छ । स्टककाअनुसार आज कूल १५९ कम्पनीको १४ लाख ७८ हजार ७२४ कित्ता शेयर रु ५३ करोड २३ लाख २५ हजार ६४६ मूल्यमा खरीद बिक्री भए । 

कारोवार भएका दश उपसमूहमध्ये आज आठ उपसमूहको शेयर ओरालो लागेका छन् भने दुई उपसमूहको शेयर वृद्धि भएको छ । उत्पादन नौ दशमलव तीन एक र अन्य पाँच दशमलव ३८ विन्दुले बढेको छ । 

यस्तै बैंकिङ १५ दशमलव ६४, होटल पाँच दशमलव ५४, विकास बैंक २० दशमलव ७२, जलविद्युत् १६ दशमलव १४, वित्त शून्य दशमलव तीन छ, निर्जीवन बीमा १९२ दशमलव ३२, लघुवित्त १८ दशमलव ४८ र जीवन बीमा ४९ दशमलव ९३ बिन्दुले घटेका छन् । घटेको बजारमा समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । 

यस्तै विजय लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रो पावर, स्वरोजगार लघुवित्त विकास बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ