२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेनोभोले ल्यायो १२ जिबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन, अरु के-के छन् फिचर्स ?

४ पुष २०७५, बुधबार १०:४८

चिनियाँ कम्पनी लेनोभोले १२ गिगाबाइट क्षमताको र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ ।

मंगलबार चीनमा आयोजित विशेष समारोहबीच लेनोभोले दुईवटा स्मार्टफोन सार्वजनिक गरेको हो ।

त्यसमा लेनोभो जेड फाइभ एस र जेड फाइड प्रो-जिटी रहेका छन् ।

Z5s मा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । अर्थात् यस स्मार्टफोनको पछाडिपट्टि ३ वटा मूख्य क्यामरा रहेका छन् । त्यस्तै यसमा टर्बो टेक्नोलोजी पनि रहेको छ ।

त्यस्तै लेनोभोले सार्वजनिक गरेको Z5 Pro GT १२ जिबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन बनेको छ ।

यस स्मार्टफोनमा स्नापड्रागन ८५५ चिपसेट रहनेछ । क्वालकोमले यसै महिनाको सुरुवातमा उक्त चिपसेट लञ्च गरेको थियो । यसर्थ लेनोभो जेड फाइभ प्रो जिटी विश्वकै पहिलो यस्तो स्मार्टफोन हुनेछ जसमा १२ जिबी र्‍यामका साथै क्वालकोम स्नापड्रागन ८५५ प्रोसेसर रहनेछ ।

लेनोभो जेड फाइभ प्रो जिटी विभिन्न भेरिएन्टमा लञ्च गरिएको छ । जसमध्ये ६ जिबी र्‍याम र १२८ जिबी स्टोरेज, ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेज, ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेजका साथै १२ जिबी र्‍याम र ५१२ जिबी स्टोरज रहेका छन् ।

लेनोभो जेड फाइभ प्रो जिटीमा ६.३९ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले हुनेछ । त्यसको पिक्सेल रिजोलुसन १०८० गुणा २३४० हुनेछ ।

स्मार्टफोन सुरक्षाका लागि कर्निंग ग्लासको पत्र रहेको छ । यसले डुअल क्यामरा सपोर्ट गर्दछ ।

Z5s मा पछाडिपट्टि मात्र तिनवटा क्यामरा रहेकोमा Z5 Pro GT मा चाहिँ कूल ४ क्यामरा रहनेछन् । दुईवटा फ्रन्ट क्यामरा हुनेछन् । जसमा एउटा क्यामरा १६ र अर्को ८ मेगापिक्सेलको हुनेछ । त्यस्तै पछाडिको क्यामरामध्ये एउटा २४ मेगापिक्सेल र अर्को १६ मेगापिक्सेलको हुने बताइउको छ ।

सुरुमा यो स्मार्टफोन चीनमा उपलब्ध हुनेछ र आगामी जनवरी १५ देखि प्रि बुकिङ सुरु हुनेछ । २४ फेब्रुअरी देखि यसको बिक्रि सुरु हुनेछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य