२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलकको शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहम

२०७५, ४ पुष बुधबार ११:३७

 पुस ४, काठमान्डौ (रासस) |  राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रमा कार्यरत तीन शैक्षिक संस्थाका नेतृत्वसित वर्तमान शिक्षासित सम्बन्धिी समसामयिक विषयमा छलफल गर्नुभएको छ । 

राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको छलफलमा माध्यमिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन(एन प्याब्सन)का उच्च नेतृत्व सहभागी हुनुहुन्थ्यो । सो अवसरमा ती संस्थाका नेतृत्वले सरकारद्वारा गठित उच्चस्तरीय शिक्षा आयोगमा आआफ्नो निकायको उचित प्रतिनिधित्व नभएको तर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो । 

राष्ट्रपतिले भण्डारीले मुलकको शैक्षिक उन्नयनका लागि निजी क्षेत्रको भूमिका अहं भएकाले आगामी दिनमा सरकारले निजी क्षेत्रसित सहकार्य गर्दै अगाडि बढ्नुपर्ने विचार राख्नुभएको छलफलमा सहभागी हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिनुभयो । “सार्वजानिक र निजी क्षेत्रको सहकार्यबाट मात्र शैक्षिक उन्नयन हुन्छ । यस कुरालाई सरकारले ध्यान दिनुपर्छ ”, उहाँले भन्नुभयो । 

छलफलमा सहभागी एनप्साब्सनका पूर्वअध्यक्ष गीता राणाले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनुभयो । हिसानका पूर्वअध्यक्ष उमेश श्रेष्ठले सार्वजनिक शिक्षामा लगानीअनुरुप प्रतिफल किन आएन भन्ने विषयमा गहन अध्ययन गरेर मात्र निजी क्षेत्र शैक्षिक संस्थासित तुलना गर्न आवश्यक छ भन्नुभयो । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुङ्गानाले शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं रहेको विषयमा राष्ट्रपतिसित छलफल भएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण