2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दृष्टिविहीन विद्यार्थीलाई आवासीय अपाङ्गमैत्री भवन

 पुस ५,जुम्ला  (रासस) | सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ । 

दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै नमूना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन नराकोटमा निर्माण भइरहेको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको सहजीकरणमा भवन निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले भवन अत्यन्तै भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भएकाले दृष्टिविहीन विद्यार्थीलाई बहुउपयोगी हुने बताउनुभयो । 

यसअघि भैरव माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई विद्यालयमै अपाङ्गमैत्री भवन नहुँदा सकस भएको थियो । उनीहरुका लागि विद्यालयदेखि झण्डै एक किलोमिटर टाढा छात्रावासको व्यवस्था गरिएको थियो । बर्खाको खोला तथा दैनिक भिरपाखामै हिँडेर दृष्टिविहीन विद्यार्थी विद्यालय आउजाउ गथ्र्ये । सधँै टाढाबाट सहयोगीको भरमा विद्यालय पुग्नु पर्ने र विद्यालयमा अपाङ्गमैत्री शौचालय तथा वातावरण नहुँदाको निकै सकस उनीहरुले भोग्दै आएका थिए । यसरी विद्यालयमा पढ्दै आएका दृष्टिविहीन विद्यार्थीलाई कुनै पनि बेला आउजाउ गर्दा चोटपटक लाग्ने वा बाटोमा कसैले हिंसात्मक गतिविधि गर्न सक्ने चिन्ता थियो, भने अर्कोतर्फ मनोबल घटेर पढाइमा समेत असर परिरहेको थियो । यही समस्यालाई मध्यनगर गर्दै नमूना अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थी निकै खुशी भएका छन् । 

भवन निर्माणमा खटिएका सिभिल इञ्जिनीयर शेरबहादुर शाहीले दृष्टिविहीन विद्यार्थीले भोग्नुपरेका यसअघिका दुःख अन्त्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भवनभित्र विद्यार्थीका लागि पर्याप्त कोठा तथा सहज एटेज बाथरुमको व्यवस्था छ, यसले गर्दा उनीहरुलाई सहज हुनुका साथै पढ्ने मनोबल बढ्ने छ ।” विद्यार्थीलाई पढाएर मात्रै नहुने भन्दै खान, बस्नको उचित व्यवस्थासहित उनीहरुको मनोबल पनि बढाउनुपर्ने उहाँको भनाइ छ । आगामी शैक्षिक शत्रदेखि दृष्टिविहीन विद्यार्थीको पढाइ गुणस्तर पनि सुध्रिने उहाँले विश्वास गर्नुभयो । विद्यालयको रेखदेख तथा समस्या समाधानमा लागि वडा पालिका तयार रहेको ३ नम्बर वडाध्यक्ष तिलाचन्द्र चौलागाईंले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई