२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज डिसेम्बर २१ अर्थात् वर्षको सबैभन्दा छोटो दिन

६ पुष २०७५, शुक्रबार ०५:५५

पुस ६, काठमाडौँ | गुगलले हरेक विशेष दिनलाई डुडल बनाएर मनाउँछ । यसै सिलसिलामा गुगलले आज विन्टर सोल्सटाइस २०१८ लाई आफ्नो डुडल बनाएको छ । वर्षको सबैभन्दा छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ र आज डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो मानिन्छ । यसको अर्थ यो हो कि अब दिन लामो हुन सुरु हुन्छ । साथै यसले अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ ।


गुगलले आफ्नो डुडलमा निलो र सेतो रङ प्रयोग गरेको छ जसमा एउटा एनिमेटेड कार्टुन हिउँमा मज्जा लिइरहेको देख्न सकिन्छ । विन्टर सोल्सटाइसले उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात इंगित गर्छ । यस्तै, यसको विपरित दक्षिणी गोलार्धका लागि यो सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हो ।


सोल्सटाइस शब्द एक ल्याटिन भाषाबाट लिइएको शब्द हो जसको अर्थ हो ‘अहिले सूर्य स्थिर छ’ किनभने सोल्सटाइसका बेला सूर्यले उत्तर वा दक्षिणतर्फ आफ्नो दिशा परिवर्तन गर्नुअघि यो केही समयका लागि रोकिनेछ । यो एक खगोलीय घटना हो र आज बेलुकी नेपाली समयानुसार चार बजेर ८ मिनेट मा हुनेछ । थुप्रै देशमा यसलाई उत्सवको रुपमा पनि मनाइन्छ । आयरल्याण्डमा मानिसहरु एक पाँच हजार वर्ष पुरानो न्यूग्रेन्ज नामको चिहानमा बनेको विशाल गोलो भवनलाई सूर्यको उज्यालोमा चम्किरहेको हेर्न जम्मा हुन्छन् । साथै, चीनमा यसलाई डोंग्जी फेस्टिबलको रुपमा मनाइन्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य