Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मियो !

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भारतको मध्यप्रदेशमा एउटा हृदयविदारक घटना भएको छ । स्थानीय कटनी जिल्लामा झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मिएको छ ।

मृत महिलाबाट जन्मिएको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

गत बिहिबारको घटना हो यो । जब खिरहनी क्षेत्रकी लक्ष्मी सिंह नामकी गर्भवती महिलाले अज्ञात कारणले झुण्डिएर आत्महत्या गरिन् । झुण्डिएकी अवस्थामा उनको बच्चा जन्मिएछ ।

जन्मिएको बच्चा भुइँमा थियो । तर नाल भने मृतक आमासँगै जोडिएको थियो । त्यस्तो भयानक अवस्था देख्ने बित्तिकै परिवारजनले पुलिसलाई खबर गरे । एम्बुलेन्स सहित पुलिस आयो । एम्बुलेन्समा आएका डाक्टरले बच्चाको नाल काटे र छुट्टाए । सालनाल छुट्टाएसँगै जन्मिएको बच्चा र मृतक महिलालाई तत्कालै अस्पताल लगियो ।

बच्चालाई तत्कालै आइसीयुमा लगियो र उपचार थालियो । उपचारपछि बच्चाको स्वास्थ्य अवस्था सामान्य भएको छ ।

डाक्टरहरुका अनुसार ती महिला ९ महिनाको गर्भवती थिइन् । जन्मिएको बच्चाको तौल झण्डै दुई किलो छ ।

आमाको मृत्यु भएपछि गर्भको बच्चा गुरुत्वबलका कारण तल झरेर जन्मिएको ती महिलाका पति सन्तोष सिंहका अनुसार पत्नी अघिल्लो रात खाना खाएर सामान्य अवस्थामै सुतेकी थिइन्। परिवारमा कुनै झगडा भएको थिएन । तर विहान ६ बजे उठेर हेर्दा घरमा पत्नी नदेखेपछि उनले यताउता हेर्न थाले । जब उनी गाई बाँध्ने गोठमा गएर हेरे, पत्नी त्यहाँ पासो लगाएर झुण्डिएकी थिइन् । उनको मृत्यु भैसकेको थियो भने बच्चा चाहीँ जन्मिएर भुइँमा पल्टिरहेको थियो ।

सन्तोषले चिच्याएर गुहार माग्न थालेपछि सबै जम्मा भएर पुलिसलाई खबर गरेका थिए । ती महिलाले आत्महत्या गर्नुपर्नाको कारण चाहीँ अझै खुलेको छैन ।

-बीबीसी