१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मियो !

७ पुष २०७५, शनिबार १०:०४

भारतको मध्यप्रदेशमा एउटा हृदयविदारक घटना भएको छ । स्थानीय कटनी जिल्लामा झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मिएको छ ।

मृत महिलाबाट जन्मिएको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

गत बिहिबारको घटना हो यो । जब खिरहनी क्षेत्रकी लक्ष्मी सिंह नामकी गर्भवती महिलाले अज्ञात कारणले झुण्डिएर आत्महत्या गरिन् । झुण्डिएकी अवस्थामा उनको बच्चा जन्मिएछ ।

जन्मिएको बच्चा भुइँमा थियो । तर नाल भने मृतक आमासँगै जोडिएको थियो । त्यस्तो भयानक अवस्था देख्ने बित्तिकै परिवारजनले पुलिसलाई खबर गरे । एम्बुलेन्स सहित पुलिस आयो । एम्बुलेन्समा आएका डाक्टरले बच्चाको नाल काटे र छुट्टाए । सालनाल छुट्टाएसँगै जन्मिएको बच्चा र मृतक महिलालाई तत्कालै अस्पताल लगियो ।


बच्चालाई तत्कालै आइसीयुमा लगियो र उपचार थालियो । उपचारपछि बच्चाको स्वास्थ्य अवस्था सामान्य भएको छ ।

डाक्टरहरुका अनुसार ती महिला ९ महिनाको गर्भवती थिइन् । जन्मिएको बच्चाको तौल झण्डै दुई किलो छ ।

आमाको मृत्यु भएपछि गर्भको बच्चा गुरुत्वबलका कारण तल झरेर जन्मिएको ती महिलाका पति सन्तोष सिंहका अनुसार पत्नी अघिल्लो रात खाना खाएर सामान्य अवस्थामै सुतेकी थिइन्। परिवारमा कुनै झगडा भएको थिएन । तर विहान ६ बजे उठेर हेर्दा घरमा पत्नी नदेखेपछि उनले यताउता हेर्न थाले । जब उनी गाई बाँध्ने गोठमा गएर हेरे, पत्नी त्यहाँ पासो लगाएर झुण्डिएकी थिइन् । उनको मृत्यु भैसकेको थियो भने बच्चा चाहीँ जन्मिएर भुइँमा पल्टिरहेको थियो ।

सन्तोषले चिच्याएर गुहार माग्न थालेपछि सबै जम्मा भएर पुलिसलाई खबर गरेका थिए । ती महिलाले आत्महत्या गर्नुपर्नाको कारण चाहीँ अझै खुलेको छैन ।

-बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल