२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा ज्यान गुमाएका सार्कीको परिवारलाई १४ लाखको बीमा रकम प्रदान

२०७५, ८ पुष आईतवार ०४:३०

पुष ८, खोटाङ (रासस) | वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ । 

गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार रु १४ लाख बीमावापतको रकम उपलब्ध गराएको हो । 

इन्स्योरेन्स कम्पनीमा बीमा गरेको पाँच महीना नपुग्दै ज्यान गुमाएका सार्कीकी श्रीमती रामकुमारी सार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको कम्पनीका दिक्तेल शाखा प्रमुख नारायण रिजालले बताउनुभयो । दिक्तेलस्थित त्रिवेणीचोकमा रहेको शाखा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले मृतकका श्रीमतीलाई चेक हस्तान्तरण गर्नुभयो । 

सार्कीलाई कम्पनीले क्षतिपूर्तिवापत रु ८० हजार उपलब्ध गराउने जानकारी दिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विगत १८ वर्षदेखि कतारलगायत विभिन्न देशमा कार्यरत सार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कम्पनीले जनाएको छ । 

उनका एक श्रीमती तथा दुई छोरा र तीन छोरी छन् । धन कमाउन विदेश गएका अभिभावकको विदेशमै ज्यान गएपछि परिवार शोकमा डुबेको छ । 


तश्विरमा: नगरपालिकाका प्रमुख दिपनारायण रिजालको हातबाट १४ लाखको चेक हस्तान्तरण हुँदै | तश्वीर: कमल ढकालको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय