२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ दिनअघि मात्रै पद सम्हालेकी मेक्सिकोकी गभर्नरको विमान दुर्घटनामा मृत्यु

२०७५, १० पुष मंगलवार ०६:५८

पुस १०, काठमाडौं | मेक्सिकोको पुएब्ला प्रान्तकी गभर्नर मार्था एरिका एलोन्सोको विमान दुर्घटनामा मृत्यु भएको छ ।

विमान दुर्घटनामा परि उनका श्रीमान् सिनेटर राफेल मोरेनो वालेको पनि मृत्यु भएको छ ।


मार्थाले केही दिन अघि मात्रै गभर्नरको रुपमा कार्यभार सम्हालेकी थिइन् ।

मेक्सिकाबाट प्राप्त रिपोर्ट अनुसार मार्था र उनका श्रीमान जुन विमानमा सवार थिए, त्यसले पुएब्ला शहरबाट उडान भरेको थियो र केही बेरमै दुर्घटना भएको थियो ।

४५ वर्षकी मार्था पुएब्लाकी पहिलो महिला गभर्नर थिइन् । उनी मध्यमार्गी प्यान पार्टीकी सदस्य थिइन् ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुएल लोपेज ओब्राडोरले मृत्युको पुष्टि गरेका छन् ।

मार्थाले डिसेम्बर १४ तारिखमा मात्र कार्यभार सम्हालेकी थिइन् ।

मेक्सिकोको दोस्रो सबैभन्दा ठूलो शहर पुएब्ला नजिकै भएको यो दुर्घटनामा विमानका पाइलटको मृत्यु भए नभएको भने स्पष्ट छैन ।

मेक्सिकोमा हालैको वर्षमा थुप्रै ठूला व्यक्ति हवाई दुर्घटनामा मारिएका छन् । सन् २०११ मा भएको एक हेलिकोप्टर दुर्घटनामा आन्तरिक मामलाका मन्त्री फ्रान्सिस्को ब्लेक मारिएका थिए ।

यसै वर्ष एक मन्त्रीको हेलिकोप्टर भीडमा खस्दा १३ को मृत्यु भएको थियो । यद्यपी, उक्त दुर्घटनामा मन्त्री भने बाँच्न सफल भएका थिए ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?