2026-09-01 12:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छ: अध्यक्ष दाहाल

पुष १०, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताउनुभएको छ । 

भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले सजिलै हुने काममा पनि समस्या पार्ने गरेको बताउनुभयो । 

चितवनबाट नवलपरासी जोड्ने गोलाघाट पुल बन्न नसकेको प्रसङ्ग कोट्याउँदै उहाँले अन्तर्राष्ट्रिय नियम कानूनका कारण पुल बन्न रोकिएको बताउनुभयो । गोलाघाट पुल विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । 

दाहालले भन्नुभयो, “देश गरीब भएपछि सजिलै हुन सक्ने काम पनि पूर्णविराम लगाएर दुःख दिने काम हुँदो रहेछ ।” गरीब र पछाडि परेको हुनाले अन्तर्राष्ट्रिय नियम कानून भएका नभएका हामीलाई लागेको भन्दै उहाँले देश सम्पन्न भएमा यस्ता ऐन कानूनले रोक्न नसक्ने बताउनुभयो । दाहालले थप्नुभयो, “अहिले देशमा संविधान जारी भएर बलियो सरकार बनेपछि अब विस्तारै सकारात्मक वातावरण बनेको छ । समृद्धिको यात्रामा प्रतिबद्ध भएर लाग्नुपर्छ ।” 

उहाँले चार वर्षभित्र नारायणी, राप्ती र रिउमा तटबन्धनसहित चक्रपथ निर्माणले जिल्लाको मुहार फेरिने बताउनुभयो । चितवनले पर्यटकीय विकासको दृष्टीकोण गुणात्मक प्रगति हासिल गर्ने चरणमा पुगेको भन्दै अध्यक्ष दाहालले चार वर्षभित्र विश्वभरबाट चितवनलाई हेर्न पर्यटक आउने वातावरण निर्माण हुने बताउनुभयो । 

चितवनको सबै बाटाहरु कालोपत्रे हुन्छन्, उहाँले भन्नुभयो, “नारायणी, राप्ती, र माडीको रिउ नदीमा तटबन्धनसहितको रिङरोड बहुवर्षीय योजनामा निर्माण गर्ने निणर्य भएको छ । यो कामले पूर्णता पाउन साथ चितवनको मुहार फेरिन्छ ।” 

जिल्लामा उद्योगधन्दा र कलकारखानाको स्थापना भएसँगै जिल्लाले सिङ्गै देश विकासको नमुना प्रस्तुत गर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमकुमार श्रेष्ठ, प्राचार्य दुर्गाप्रसाद सापकोटालगायतले बोल्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला