२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक, यस्ता छन् सुविधा

२०७५, १२ पुष बिहीबार ०७:०६

पुस १२, काठमाडौं | वल्र्डलिंकले ‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डड’ सार्वजनिक गरेको छ । विश्वमा भईरहेको प्रविधिको विकासलाई समानान्तर रुपमा अघि बढाउन वल्र्डलिंकले  ‘नयाँ स्ट्यान्र्डड’ सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको प्रोडक्टमा तीन नयाँ प्याकेज ‘एस–२५’, ‘एस–४०’ र ‘एस–६०’ एमबीपीएस रहेको छ । कम्पनीले यसअघि ग्राहकलाई प्रदान गर्दै आएको ब्याण्डविथमा थप गरेर ग्राहकलाई इन्टरनेटको नयाँ अनुभव प्रदान गर्न लागेको हो ।

यो प्याकेज मार्फत इन्टरनेटको ब्याण्डविथ थपगर्ने मात्र नभएर ग्राहकलाई उनीहरुले तिरेको पैसाको उच्चतम प्रतिफल प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले यस योजनामा पाँच नयाँ सेवा ‘नेटटीभी’, ‘सेफनेट’, ‘टाइम ब्याक’, ‘म्यानेजड् वाईफाई’ र ‘डिस्काउन्ट एप’ थप गरेको छ । 

वल्र्डलिंकले ‘टाइम ब्याक’ फिचर्स ल्याएको छ । यसले मर्मत सम्भार र समय–समयमा इन्टरनेटमा आउने समस्याबाट ग्राहकलाई पर्न गएको क्षतिलाई कम्पनीले समायोजन गर्नेछ । यसको अर्थ, २४ घण्टा भित्र इन्टरनेटमा आएको समस्या समाधान नभएको खण्डमा कम्पनीले उक्त अवधिको सत प्रतिशत समय अवधी थप गर्ने भएको छ ।

यसका साथै पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताले भोगी रहेको इन्टरनेट स्लो हुने र चोरी हुने समस्यालाई समाधान गर्नको लागि ‘म्यानेज्ड वाईफाई’ फिचर्स ल्याएको छ । यो फिर्चस मार्फत ग्राहकले आफ्नो राउटरमा जोडिएका डिभाइस र ब्याड्विथको खपतमाथि कन्ट्रोल गर्न सक्नेछन् ।

साथै इन्टरनेटको उच्चताप अनुभवको लागि कम्पनीले ड्यूल ब्याण्ड राउटर समेत प्रदान गर्ने भएको छ् । त्यतिमात्रै नभएर कम्पनीले ग्राहकलाई थप सुविधा प्रदान गर्नको लागि ‘डिस्काउन्ट एप’ पनि ल्याएको छ । यस अन्र्तगत कम्पनीका ग्राहकले ७५०भन्दा बढी विभिन्न रेस्टुरेन्ट, आउटलेटका साथै फिटनेस सेन्टरमा छुट प्राप्त गर्नेछन् ।

कम्पनीले नेट टिभीको सहकार्यमा यसअघि ग्राहकलाई उपलब्ध गराउँदै आएको नेट टिभी सेवालाई पनि थप आर्कषक बनाएको छ् । कम्पनीले नेट टिभीमा ‘बेसिक प्लस स्पोटर्स’ र ‘इन्टरटेन्मेन्ट एचडी र बेसिक प्लस अल एचडी च्यानल’ प्याकेज ल्याएको छ । यसमा ५५ भन्दा बढी एचडी च्यानल र २३० भन्दा बढी एसडी च्यानल रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय