२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुम्रपान गर्दा बार्षिक डेढ खर्ब घाटा

२०७५, १४ पुष शनिबार ०९:४५

जनताले चुरोट बिँडी पिउँदा देशलाई कति घाटा लाग्ला ? हामीकहाँ त यसको लेखाजोखा भएको छ कि छैन थाहा छैन । तर भारतमा चाहीँ बिँडी पिउनाले वार्षिक ८० अर्ब भारुको नोक्सान हुने गरेको रहेछ ।

टोबाको कन्ट्रोल जर्नलमा प्रकाशित शोध अनुसार बिँडीका कारण भारतीय अर्थतन्त्रमा वार्षिक डेढ खर्ब नेपाली रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

बिँडीबाट हुने नोक्सानी भारतमा स्वास्थ्यमा हुने कूल खर्चको दुई प्रतिशत बराबरको रकम भएको बताइएको छ ।

बिँडीपानका कारण स्वास्थ्य समस्या उत्पन्न भएका बिरामीको जाँच, उपचार, औषधि, डाक्टरको शुल्क, अस्पताल तथा परिवहनमा हुने खर्चका साथै अप्रत्यक्ष रुपमा नातागोता तथा परिवारको आयमा हुने नोक्सानीको कूल हिसाब गर्दा वाषिर्क ८० अर्ब भारु खर्च हुने आँकलन गरिएको हो ।

भारतमा १५ वर्षमाथिका झण्डै ७ करोड २० लाख मानिसले बिँडी पिउँछन् । सन्२०१६/१७ मा बिँडीबाट सरकारलाई ४ अर्ब १७ करोड राजश्व प्राप्त भएको थियो ।

तर बिँडी सेवनका कारण उत्पन्न हुने स्वास्थ्य समस्या तथा त्यसको उपचारमा हुने भयानक खर्चंबाट भारतका हरेक पाँचमा एउटा परिवार प्रभावित छन् । बिँडी तथा सुर्तिजन्य पदार्थका कारण हुने नोक्सानीका कारण करीब डेढ करोड मानिसहरु गरिबीको रेखामुनि धकेलिने गरेको रिपोर्टले देखाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने