२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अग्नी पीडितका घर सरकारले बनाउने

१४ पुष २०७५, शनिबार १५:०७

पुष १४, सुर्खेत । कर्णाली प्रदेश सरकारले कालीकोटको पलाता गाँउपालिका–१ न्यौपाने खाडाका आगलागी पीडितका घर बनाइदिने भएको छ । पीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रतिघरपरिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सरकारले पीडित परिवारको पुनस्र्थापनाका लागि अग्निपीडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गर्ने भएको हो ।


आवास निर्माणमा सहयोग गर्न चाहने सरकारी तथा गैरसरकारी संघ संस्था र व्यक्तिहरुलाई प्रदेश सरकारले आवश्यक समन्वय तथा अपिल गर्ने समेत निर्णय गरेको सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिइन् । मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्ताव बमोजिम प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरुको मनोनयन गर्ने निर्णय गरेको छ । प्रदेशस्थित प्रदेश अस्पताल सुर्खेतको अध्यक्षमा वीरेन्द्रनगर नगरपालिका–४ का श्यामलाल कँडेल, सदस्यमा वीरेन्द्रनगरकी हरिमाया शर्मा, जिल्ला अस्पताल सल्यानको अध्यक्षमा शारदा नगरपालिका–७ का दामोदर गौतम, जिल्ला अस्पताल मुगुको अध्यक्षमा छायानाथ नगरपालिका–१ का पारसमणि मल्ललाई नियुक्त गरेको छ ।


यस्तै, जिल्ला अस्पताल डोल्पाको अध्यक्षमा ठूलोभेरी नगरपालिका–१ तेजेन्द्रबहादुर रोकाय, जिल्ला अस्पताल हुम्लाका अध्यक्षमा नाम्खा गाँउपालिका–४ का छेपाल दोर्जे लामा तामाङ, जिल्ला अस्पताल कालीकोटको अध्यक्षमा खाडाचक्र नगरपालिका–२ का सरोज बोगटी, जिल्ला अस्पताल दैलेखको अध्यक्षमा नारायण नगरपालिका–१० का लोमन शर्मा, जिल्ला अस्पताल जाजरकोटको अध्यक्षमा छेडागाड नगरपालिका–१३ की धर्मशीला वस्नेत, जिल्ला अस्पताल रुकुमको अध्यक्षमा त्रिवेणी नगरपालिका–१ का सुन्दर वलीलाई नियुक्त गरिएको छ । जिल्ला अस्पताल मेहलकुना सुर्खेतको अध्यक्षमा गुर्भाकोट नगरपालिका–१० का मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालय सुर्खेतको अध्यक्षमा वीरेन्द्रनगर नगरपालिका–४ का ओमबहादुर वोहरार र जुम्ला आयुर्वेद औषधालय, जुम्लाको अध्यक्षमा चन्दननाथ नगरपालिका–५ का मनोज बुढाथोकी मगरलाई नियुक्त गरिएको सरकारका प्रवक्ता केसीले जानकारी दिइन् । अन्तरप्रदेश समन्वय परिषदको २०७५ पुष ३ मा बैठकले स्वीकृत गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो