२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व बजारमा लोकप्रिय बन्दै हुवावे, एप्पल तेस्रो स्थानमा झर्ने संकेत

१७ पुष २०७५, मंगलवार ०६:१४

चिनियाँ स्मार्टफोन हुवावे विश्वमा सबैभन्दा धेरै बिक्री  हुने स्मार्टफोनको सूचीमा परेको छ ।  हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । सन् २०१७ मा केवल १५.३ करोडवटा स्मार्टफोन बेच्न सफल रहेको हुवावेले यो वर्ष बिक्रिको संख्या लगभग ३० प्रतिशतले बढाएको हो । निकेयी एसियनको समिक्षा अनुसार हुवावेले बजेट स्मार्टफोन मात्र नभएर आफ्नो फ्ल्याग्शिप स्मार्टफोन हुवावे पी २० प्रो पनि निकै धेरै मात्रामा बिक्रि गर्न सफल रह्यो । यहि अनुरुप बिक्रि बढ्दै गएको खण्डमा हुवावेले एप्पललाई उछिनेर विश्वको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता हुनेछ भने प्रथम स्थानमा सामसुङ रहने देखिन्छ ।


हुवावेले चाइनिज बजारमा मात्र नभएर युरोप, अफ्रिका र भारतमा पनि निकै राम्रो सफलता पाइरहेको छ । हुवावेले हरेक मूल्यको स्मार्टफोनहरु उपलब्ध गराइरहेको छ जसले गर्दा धेरै उपभोक्ताहरुले हुवावे स्मार्टफोन खरिद गरिरहेका छन् । तर पनि हुवावेलाई सुरक्षाका दृष्टिकोणबाट अमेरिका, क्यानाडा र अस्ट्रेलिया जस्ता महत्वपूर्ण बजारहरुमा रुचाइएको छैन । हुवावेमा चाइनिज सरकारको संलग्नता रहेको र देशको महत्वपूर्ण डेटाहरु चाइनाले अनैतिक रुपमा पाउन सक्ने सन्देह सृजना भएका कारणले गर्दा अझै पनि थुप्रै देशहरुले हुवावेका नेटवर्क सम्बन्धि उपकरणहरु प्रयोगमा ल्याउन खोजिरहेका छैनन् ।

तर एप्पलको नयाँ आइफोनको बिक्रि पनि गत वर्षको तुलनामा घटेर आएको देखिन्छ । प्रयोगकर्ताहरुले आफ्नो आइफोन केहि धेरै समयका लागि प्रयोग गरिरहने र नयाँ आइफोन निकै महँगो भएको कारणले पनि आइफोनको बिक्रि एप्पलले चिताएको जस्तो नभएको देखिन्छ । बिक्रि कम भएकै कारणले पनि एप्पलले आफ्नो नयाँ आइफोनहरुको उत्पादन घटाएको थियो । जापानमा पनि बिक्रि कम भएका कारणले लन्च भएको केहि साता मै एप्पलले आफ्नो नयाँ आइफोन टेन आरको मूल्य लगभग १०० अमेरिकी डलरले कम गरेको थियो ।

एप्पलको नयाँ स्मार्टफोनहरुको सोचेजस्तो राम्रो बिक्रि नहुनु र हुवावेले एकै वर्षमा ३० प्रतिशत बढी स्मार्टफोन बिक्रि गर्न सक्नु नै सन् २०१९ मा एप्पल दोस्रो ठूलो स्मार्टफोन निर्माताबाट तेस्रो स्थानमा झर्ने संकेत हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य