२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँ र भिमादमा एक सय वर्ष पुरानो पुल मर्मत गरिने

२०७५, १७ पुष मंगलवार ०६:४५

  पुस १७ दमौली (रासस) |  एक सय वर्ष अगाडि निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ । 

विसं १९७५ मा शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीको फलाम उत्खनन् गरी निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएपछि भिमाद नगरपालिकाले पुलको मर्मतका लागि चासो देखाएको हो । नगरपालिकाले पुलको मर्मतका लागि चालू आर्थिक वर्ष २०७५÷७६ मा रु ६० लाख विनियोजन गरिएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्य श्रेष्ठले जानकारी दिनुभयो । ऐतिहासिक पुल भएकोले मर्मत गर्दा स्वरुपमा केही परिवर्तन नहुने उहाँले बताउनुभयो । 

झण्डै ५४ मिटर लामो झोलुङ्गे पुल लामो समयदेखि जीर्ण छ । पुरानो लठ्ठा मात्रै बाँकी रहेको पुलमा काठका फट्टा कुहिएका छन् । वडाध्यक्ष श्रेष्ठले पुलको तल्लो भागको लठ्ठा काम नलाग्ने भएकाले नयाँ लठ्ठा राखेर काठको फट्टाको साटो फलामको राख्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक पुलको मर्मतपछि यसकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना बनाएका छौँ ।” उहाँका अनुसार भिमाद प्रवेशद्वारमा स्वागतद्वार र सेती नदीको बीचमा रहेको शिद्धटापु मन्दिर जाने अर्को नयाँ झोलुङ्गे पुल पनि बनाउन लागिएको छ । 

पुलको आडैमा २०४८ सालमा मोटरेवल पुल निर्माण भएपछि जीर्ण भएको पुलको मर्मत भएको छैन । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले पुलको निर्माण स्थानीय फलाम खानीबाट भएको धेरैलाई जानकारी नभएकाले पुलको मर्मत गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “फलाम खानीबाट बनेको पुलको बारेमा कमैलाई मात्र ज्ञान छ । तसर्थ पुलको मर्मत सम्भार गरेर प्रचारप्रसार गर्ने सोच बनाएका छौँ ।” 

पुलको मर्मत सम्भारका लागि बजेटको अभाव हुन नदिने थापाले बताउनुभयो । चालू आर्थिक वर्षमा बजेट अपुग भए आगामी आवको बजेटमा समेत पुल मर्मतलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो । थापाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीयस्थलको संरक्षण र प्रचारप्रसार गरेर त्यस्ता ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना बनाएको जानकारी दिनुभयो । भिमाद नगरपालिका, रिसिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका साथै नवलपरासी, स्याङ्जा र पाल्पाका बासिन्दाले २०४८ अघि यही पुल भएर आवतजावत गर्दथे । शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीसमेत हाल बन्द छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट