2026-09-19 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरनेटका प्रतिपादक रोबर्टस्को निधन

पुस १७, काठमाडौं | इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को निधन भएको छ ।

इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को ८१ वर्षको उमेरमा गत २६ डिसेम्बरमा हृदयाघातका कारण निधन भएको हो ।

सन् १९६० को दशकमा उनले अमेरिकाको एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीको एउटा विभागको नेतृत्व गरी आर्पानेट नामक कम्प्युटर नेटवर्कको निर्माण गरेका थिए ।

आर्पानेटमा विकशित प्रविधिहरु विद्यमान इन्टरनेट प्रविधिमा प्रयोग हुँदै आएका छन् ।

रोबोर्टलाई इन्टरनेटका चारजना जनक मध्येका एक मानिन्छ । अन्य तिनजनामा बब काह्न, भिन्ट सर्फ र लेन क्लेइनरक रहेका छन् ।

रोबार्टले सबैभन्दा पहिलोपटक कम्प्युटर नेटवर्कको विकास गरी डाटा ट्रान्सफरको प्रविधि पनि विकास गरे ।

उनले विकास गरेको आर्पानेट नामक नेटवर्क प्रणालीमा पहिलोपटक सन् १९६९ मा चारवटा कम्प्युटर जोडिए । 

आर्पानेट सन् १९८३ सम्म कायम रह्यो र त्यसपछि वृहत इन्टरनेट सञ्जालको एक भागको रुपमा रह्यो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई