२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब अनलाइनबाटै बेहुला-बेहुली खोज्न सकिने

२०७५, १७ पुष मंगलवार १७:१०

पुस १७, काठमाडौँ (रासस) | के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ । 

www.myswayambar.com नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो । राष्ट्रियसभाका सदस्य कोमल ओलीले उक्त पोर्टलको आज यहाँ शुभारम्भ गरेपछि संसारभरि छरिएर रहेका नेपालीले आवेदन भर्ने, आफूलाई चित्त बुझ्ने योग्यता भएका वरबधुको खोजी गर्न सक्ने भएको हो । 

नेपालीमा ‘मेरो स्वयम्बर’ नाम दिइएको सो अनलाइन पोर्टलको मुख्य उद्देश्य सनातन नेपालीको बैद्धिक परम्परा जगेर्ना गर्नुका साथै धार्मिक अनुष्ठानलाई सहज, सरल तथा सुखमय दाम्पत्य जीवन बनाउने तथा ज्योतिषी, वास्तु परामर्श दिने रहेको ‘गुरु मञ्जरी’ नामक संस्थाले जनाएको छ । 


सो अनलाइन पोर्टल नेपालका संयोजक मुकुन्द शर्माले सम्बन्धित देशको प्रचलित कानूनअनुसार वैवाहिक कानूनभित्र रहेर स्वतन्त्रता र गोपनीयतालाई उच्च सम्मान गर्दै विवाह गराउन मान्यताप्राप्त योग्य व्यक्तिबाट वरबधू खोजिदिने जानकारी दिनुभयो । 

त्यस अनलाइनको शुभारम्भ गर्दै राष्ट्रियसभाका सदस्य कोमल ओलीले नेपालको कला, संस्कृति तथा धर्मले नै मुलुकलाई पहिचान गरिरहेकाले यसलाई युवावर्गमा लानुपर्नेमा जोड दिनुभयो । उहाँले आफू कम्युनिष्ट पार्टीमा लागेको भए पनि हिन्दू धर्म, संस्कारमा अडिग रहेको बताउँदै हिन्दू धर्ममा गरिने यज्ञ तथा कर्मकाण्डले नै हिन्दू धर्मलाई जोगाइराखेको प्रष्ट पार्नुभयो । 

वरबधू खोजीमा रहेका व्यक्तिले उक्त वेबसाइटमा गएर आफूले खोजेको योग्यता पुगेको व्यक्तिको सूचना ग्रहण गर्ने, आफ्नो निवेदन दर्ता गर्ने र आफूले दिनुपर्ने सूचना दिएपछि पोर्टलका कर्मचारीले सुहाउँदो वरबधूको खोजी गरी निवेदकलाई सूचना दिइने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा