2026-09-14 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा औषधि किन्न अक्षयकोष

तारानाथ आचार्य | पुस १९, बलेवा (रासस) : बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सञ्चालन गरेको अक्षयकोष स्थापना अभियानका लागि झण्डै रु १२ लाख सङ्कलन भएको छ । बिरामीको उपचारमा आवश्यक औषधिको जोहो गर्न र कार्यालय व्यवस्थापनको स्रोत जुटाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि एकाइले सहयोग अभियान सञ्चालन गरेको हो । 

गत असोजमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने गरी अक्षयकोष स्थापना गर्न लागेको हो । लोपोन्मुख अवस्थामा पुगेको स्थानीय सोरठी नाचको प्रदर्शन र स्वस्फुर्त चन्दा दानको माध्यमबाट सहयोग जुटाउने काम चलिरहेको छ । 

एकाइले सञ्चालन गरेको अभियानमा हालसम्म रु ११ लाख ७० हजार सङ्कलन भएको एकाइ प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । “हामीले स्थानीय सोरठी समूहसँग सहकार्य गरेर बेँसीजनमा देउसीभैलो खेलिरहेका छौँ”, भण्डारीले भन्नुभयोे, “देउसीमा दान गर्ने र एकाइलाई माया गर्ने सबैको सहयोगले हाम्रो लक्ष्यभन्दा धेरै रकम सङ्कलन भएको हो ।” 

रु पाँच लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ शुरु गरिएको अभियानमा झण्डै १०० जनाले सहयोग गरेका छन् । स्थानीयवासीले रु पाँच हजारदेखि ६० हजारसम्म सहयोग गरिरहेको भण्डारीले जानकारी दिनुभयो । सहयोगकै भरमा आवश्यक सामग्रीको जोहो गरेर एकाइ सञ्चालनमा आएको थियो । गाउँपालिकाले स्थापना गरेको स्वास्थ्य एकाइका लागि एक अहेब, एक अनमी र एक कार्यालय सहयोगी काममा खटाइएको छ । 

सामुदायिक स्वास्थ्य एकाइका लागि गाउँपालिकाले उपलब्ध गराएका औषधि प्राप्त नहुने भएकाले औषधिको व्यवस्था गर्न र कार्यालय व्यवस्थापन तथा उपचार सामग्रीको व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न लागिएको भण्डारीले जानकारी दिनुभयो । 

“एकाइमा आउने सबै औषधि बच्चाका लागि दिन नमिल्ने खालका हुन्छन्”, भण्डारीले भन्नुभयोे, “एकाइले दिन मिल्ने सबैखाले औषधि कसैलाई किन्न नपरोस् भनेर अभियान थालेका हौँ ।” अक्षयकोष स्थापना अभियानका लागि गाउँलेले खुलेर सहयोग गरेका छन् । स्वास्थ्य एकाइले सञ्चालन गरेको अभियानले गाउँलेलाई सहयोग पुग्ने भएकाले आफूहरूले खुलेर सहयोग अभियान चलाएको स्थानीय खुमबहादुर भण्डारीले बताउनुभयो । 

“एकाइ स्थापना हुनुपूर्व सामान्य स्वास्थ्य सेवा लिनका लागि समेत घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो”, भण्डारीले भन्नुभयो, “गाउँमै स्थापना भएको एकाइलाई सवल बनाउनका लागि हामीले दिल फुकाएका छौँ ।” अक्षयकोषका लागि व्यक्तिगत सहयोगका साथसाथै सामाजिक संस्थाहरूले समेत सहयोग गरेको एकाइले जनाएको छ । सहयोग अभियान जारी रहेकाले रु १५ लाखसम्म सहयोग उठ्ने अनुमान गरिएको छ । सहयोगवापत उठेको रकमलाई कार्यविधि बनाएर परिचालन गर्ने र त्यसबाट आएको ब्याज रकमले एकाइका लागि आवश्यक औषधि, कार्यालयको व्यवस्थापन र उपचार सामग्रीको व्यवस्थापन गरिने छ । 

स्थापना भएको चार महीनाको अवधिमा एक हजार ३२३ बिरामीको उपचार गरेको एकाइले प्रसूति र खोप सेवाबाहेकका स्वास्थ्यचौकीले उपलब्ध गराउने सबै सेवा उपलब्ध गराउँदै आएको छ । प्रत्येक महीना आँखा, दाँत तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको एकाइमा काठेखोलाका विभिन्न वडाबाट बिरामी आउने गरेको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ