2026-10-17 03:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ । 

खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन केन्द्र छन् । 

सो अवसरमा प्रधानमन्त्री ओलीले साता दुई साता लम्बिए पनि मेलम्चीको पानी सक्दो चाँडो काठमाडौँ ल्याउन सरकार लागिपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२७ वर्षसम्म चिप्लेकीराको गतिमा काम भए पनि अहिले गति लिएको छ ।” एक प्रसङ्गमा उहाँले भारतमा बग्ने गङ्गा नदीमा हिउँदमा ७२ प्रतिशत नेपालबाट बगेका पानी भएको र त्यसले विहार र उत्तर प्रदेशलाई समेत मरुभूमि हुनबाट बचाएको बताउनुभयो । 

सो अवसरमा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले केन्द्रमा पानीलाई प्रशोधन गरेर विभिन्न कामका लागि प्रयोग गर्न सकिन्छ भने फोहर पानीको अरु सम्भावना पनि उत्तिकै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ यसबाट विद्युत् उत्पादन र मलको पनि उत्पादन हुन सक्छ ।” 

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मृतावस्थामा रहेका नदीलाई ब्यूँताउन मन्त्रालयले काम शुरु गरेको बताउँदै देशभरका शहरी क्षेत्रमा खानेपानी वितरणसँगै ढल व्यवस्थापन भइरहेको जानकारी दिनुभयो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले केन्द्रबाट दुर्गन्ध फैलिँदैन भनेर स्थानीयवासीलाई विश्वास दिलाइएको र सुन्दरीघाटमा पनि केन्द्र निर्माणका लागि स्थानीयवासीसँग छलफल भइरहेको जनाउनुभयो । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी उपत्यका भित्रिएपछि खानेपानीको समस्या हल भए पनि फोहरपानीको मात्रा बढ्ने औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु