2026-07-25 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नख्खु कारागारमा मनोसामाजिक अस्पताल सञ्चालन गरिने

 सच्चिता घिमिरे | पुस १९, काठमाडौँ  | नख्खु कारागारमा निर्माणाधीन मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने भएको छ । कारागारभित्रै खोलिएको यसप्रकारको यो पहिलो अस्पताल हो । 

अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र कारागार व्यवस्था विभागले दरबन्दी स्वीकृत गरिसकेकाले आगामी वैशाखदेखि सञ्चालनमा आउने कारागार प्रशासनले जनाएको छ । कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढिरहँदा दुई वर्षदेखि अस्पतालको निर्माण शुरु भएको थियो । 

लगनखेलमा मानसिक अस्पताल भएकोले देशभरका कैदीबन्दीमा मानसिक समस्या देखिएपछि नख्खु कारागारमा सरुवा भएर आउने गरेको जेलर जीवन दुलालले बताउनुभयो । कारागारमा अहिले १४० मानसिक रोगी छन् । उहाँले भन्नुभयो, “कारागारमा पुगेपछि यस्तो रोग लागेर औषधि खाइरहेका बिरामी यहाँ आइरहेका छन् ।” 

कारागार प्रशासनले यहाँका तीनै ब्लकमा मानसिक रोगीलाई अरु कैदीबन्दीसँग मिसाएर राखिएको छ । त्यस्ता रोगी मात्रै एउटै ब्लकमा राख्दा जोखिम हुने भएकाले फरक ब्लकमा राखिएको जेलर दुलालले बताउनुभयो । उहाँले भन्नुभयो, “मानसिक रोगी कहिलेकाहीँ आवेगमा आउँदा पनि भित्रका अरु कैदीबन्दीले समालेर राख्नुहुन्छ, हामीले मात्रै सबै व्यवस्थापन गर्न सकिन्न ।” 

अस्पताल सञ्चालनमा आउन बाँकी भएपनि यहाँ औषधि खाइरहेका बिरामीलाई मनोचिकित्सकले समयसमयमा जाँच गरिरहेका छन् । बिरामीलाई आवश्यकताअनुसार लगनखेलस्थित मानसिक अस्पताल लगिन्छ । अस्पताल बन्नु पहिले नै यहाँ मानसिक रोगी कैदीबन्दी धेरै आउने गरेका थिए । अस्पताल बन्न थालेपछि उपचार हुने भन्दै धेरै त्यस्ता रोगी सरुवा भएर आएका हुन् । जेलर दुलालले भन्नुभयो, “अस्पताल पूरै सञ्चालनमा आएपछि यो सङ्ख्या अझै बढ्न सक्छ ।” 

कारागारको व्यवस्थापन आफैँमा सजिलो काम नभएको उहाँले बताउनुभयो । मानसिक रोगी कैदीबन्दीको व्यवस्थापन अझै गाहे छ । त्यस्ता रोगीलाई जोगाउनुपर्ने र अरु कैदीबन्दीलाई असर पर्न नदिने कुरामा ध्यान दिनुपर्छ । कतिपय अरुलाई कुटपिट गर्ने, कोही लामो समयसम्म लुक्ने र कतिपय हाम फाल्न वा विष खाएर आत्महत्याको प्रयास गर्छन् । उहाँले भन्नुभयो, “भित्रका नै अरुले चनाखो भएर त्यस्ता रोगीको ख्याल गर्न खाँचो छ ।” 

मानसिक रोगीले गरेको जस्तोसुकै कसुर मुक्त हुने व्यवस्था छ । कुनै पनि अपराधमा अदालतले सजाय सुनाएर कारागारमा रहँदा मानसिक रोग लाग्दा ऊ कसुरमुक्त हुँदैन र कारागारले नै उपचार व्यवस्था गर्छ । देशका धेरै ठाउँमा मानसिक रोग विशेषज्ञ नहुँदा धेरैले यहाँ उपचारका लागि सरुवा गर्छन् । 

कारागारले जुनसुकै रोगका बिरामीको उपचार सरकारी अस्पतालमा गर्ने गर्छ । बिरामी पर्दा उनीहरुलाई रोगअनुसार वीर, गङ्गालाल हृदय रोग केन्द्र वा तिलगङ्गा आँखा अस्पताल लगिन्छ । गम्भीर खालका बिरामीको उपचार सरकारी अस्पतालमा ठाउँ नहुँदा समस्या पर्ने गर्छ । 

कारागारमा कार्यरत स्वास्थ्य सहायक नानीमैयाँ दाहाल परिवारसँग टाढा हुँदा कैदीबन्दीमा मानसिक रोग लाग्ने बताउनुहुन्छ । धेरैमा उदासिनता हुने समस्या देखिएकाले नियमित रुपमा औषधि खाइरहेका छन् । उहाँले भन्नुभयो, “एक त बाहिरको संसार छाडेर यहाँ आएको हुन्छ त्यसमा कतिपयका परिवारले बेवास्ता गर्दा उनीहरुमा चिन्ता हुन्छ र चिन्ताले मानसिक रोग लाग्छ ।” 

कारागारमा एक हजार बढी कैदीबन्दी छन् । कारागारमा नयाँ भवन बन्ने र अस्पतालका कारण कैदीबन्दीको सङ्ख्या बढिरहेको छ । शहरी क्षेत्रको भीडभाडभन्दा टाढाको यो कारागार झण्डै ४७ रोपनी क्षेत्रफलमा फैलिएको छ । कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले मनोसामाजिक अस्पतालका लागि एकजना वरिष्ठ मनोरोग विशेषज्ञसहित १२ कर्मचारीको दरबन्दी व्यवस्था गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल