2026-09-19 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पललाई लाग्यो ठुलो झट्का, एकैदिनमा ८३ खर्ब ह्रास

पुस २०, काठमाडौं | अमेरिकी कम्पनी एप्पलको शेयरमा बिहिबार भारी गिरावट आएको छ ।

एप्पलको एकैदिन कूल ७५ अर्ब डलर अर्थात् ८३ खर्ब रुपैयाँको ह्रास भएको हो ।

एप्पलले बुधबार मात्रै उसको कमाई सन् २०१८ को अन्तिम त्रैमासिकमा अनुमान गरेभन्दा कम हुनसक्ने बताएको थियो । 

पछिल्लो १६ वर्षमा पहिलो पटक एप्पलले आफ्नो कमाईको अनुमानमा कटौती गर्यो । यो चेतावनीपछि कम्पनीको शेयर १० प्रतिशतसम्म खस्कियो ।

चीनियाँ बजारमा आइफोनको बिक्रिमा कमी आएपछि एप्पलले पछिल्लो त्रैमासिकको कमाईको अनुमान घटाएको हो ।

एप्पलको यो चेतावनीपछि अमेरिकाको मुख्य बजारमा पनि गिरावट देखियो । प्राविधिक कम्पनीहरुको नेसडेक सुचाङ्क ३.१ प्रतिशत खस्किएर बन्द भएको छ ।

एप्पल गत वर्षको अगस्टमा मात्रै संसारको पहिलो एक ट्रिलियन डलरको कम्पनी बनेको थियो । उसले अन्य ठूला कम्पनी जस्तै अमेजन, माइक्रोसफ्टर फेसबुकलाई पछार्दै एक ट्रिलियनको आँकडा छोएको थियो ।

कम्पनीले आफ्नो पछिल्लो तीन महिनाको राम्रो प्रदर्शनको रिपोर्ट पेश गरेपछि शेयरमा अत्यधिक वृद्धिका कारण यस्तो भएको थियो ।

तर अब एप्पलको शेयरमा आएको यो भारी गिरावटलाई केही विश्लेषकले सामान्य झट्का मानिसरहेका छन् भने कतिले यो कम्पनीको लागि विनासको संकेत बताएका छन् ।

कम्पनीको नयाँ आइफोनको बिक्रीमा आएको गिरावट यसको मुख्य कारण् हो । पहिले आइफोन प्रयोगकर्ता बजारमा लञ्च हुन लागेको नयाँ आइफोन खरिद गर्नका लागि उत्सुक हुन्थे ।

आइफोनको नयाँ मोडल लञ्च हुने बित्तिकै कम्पनीको शोरुम बाहिर निकै लामो लाइन लाग्थ्यो । तर अब स्थिती त्यस्तो छैन ।

एप्पलले आफ्नो नयाँ आइफोन कम बिक्रि हुने अनुमान नगरेको भने होइन । यसैकारण एप्पलले अन्य थुप्रै क्षेत्रमा पनि अघि बढ्ने प्रयास गरेको छ ।

आज सेवा, स्वास्थ्य र फिटनेसको क्षेत्रमा एप्पलले उल्लेखनीय सफलता हाँसिल गरेको छ । एप्पलले सेवा क्षेत्रबाट त्यति नै पैसा कमाउन्छ जति फेसबुकको कूल कमाई छ ।

तर अर्कोतर्फ चीनको अर्थव्यवस्था खस्कँदो छ र यसैकारण चीनियाँ बजारमा आइफोनको बिक्री कम भइरहेको छ ।

चीनको अर्थव्यवस्थामा जति तीब्र गिरावट आयो त्यसको अन्दाज न त एप्पलले लगाउन सक्यो न अरु कसैले ।

चीन र अमेरिकाबीचको व्यापारिक तनाव पनि एप्पलमा भएको नोक्सानीको एउटा कारण हो ।

एप्पलका सिइओ टिम कुक यसका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जिम्मेवार ठान्छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई