२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा विद्यार्थीलाई न्यानो कपडा र कम्मल वितरण

२०७५, २५ पुष बुधबार ०६:००

 पुस २५, धादिङ | नाङ्गै खुट्टाले भोकभोकै विद्यालय जाने दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालयका ५५ बालबालिकालाई मङ्गलबार न्यानो कपडा वितरण गरिएको छ । 
स्वीटर, ट्रयाकसुटसेट, टोपी, पञ्जा, जुत्तामोजा, कापीसहित स्टेशनरी र सबैलाई कम्मल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बुद्धिमाया तामाङले बताउनुभयो । बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष टङ्क थापा र कपडा र स्टेशनरी उपलब्ध गराउने दाताहरु सहभागी हुनुभएको थियो । 
बालबालिकाको अवस्था झल्किने गरी राससमा पुस २ गते ‘भोेकै विद्यालय जान्छन् चेपाङ बालबालिका’ शीर्षकको समाचार प्रकाशन भएपछि यही आधारमा व्यक्तिगत रूपमा सहयोग सङ्कलन गरी उनीहरुलाई सहयोग उपलब्ध गराइएको सहयोग सङ्कलन अभियानका अगुवा शिक्षाविद् डा षडानन्द कँडेलले बताउनुभयो । 
यसरी व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउनेमा डा कँडेल, हाल अमेरिका बसोबास गर्ने भरत भट्टराई, कृति प्रज्ञानी शाक्य, हाल जापान बस्ने याङ्ला शेर्पा, ज्योति केसी काठमाडाँै, डा मालिका प्रसाईं तेह«थुम, इन्दु पन्त घिमिरे काठमाडौँ, अर्जुनकुमार श्रेष्ठ धादिङ, मञ्जु तामाङ काठमाडाँै, पविता लिम्बू ललितपुर, पुष्कल प्रसाईं झापा, शान्ति गुरुङ काठमाडाँै, विनायक शिक्षालय, गोमादेवी आङ्दम्बे हामी दिदीबहिनी सहकारी, बिमला बज्राचार्य ललितपुर, सुजन महर्जन ललितपुर, प्रभाकुमारी ढुङ्गेल काठमाडौँ ३० नं वडा महिला स्वंसेविका, ज्योति थापा काठमाडौँ, नवराज काफ्ले काठमाडौँले सहयोग सङ्कलन गरी सामग्री हस्तान्तरण गरिएको हो । 
विद्यालयमा पुगेर सबै विद्यार्थीलाई आफ्नै हातले सहयोग हस्तान्तरण गर्दै यी बालबालिकाका लागि उच्च शिक्षासम्मका लागि निरन्तर सहयोग गर्न उनीहरुलाई वार्षिक रूपमा अनुगमन गर्दै शिक्षा सुधारमा काम गर्ने डा कँडेलले बताउनुभयो । 
एकै ठाउँमा राखेर चार कक्षा पढाइ हुने गरेको सो विद्यालयको युएमएनको सहयोगमा नवनिर्मित दुईकोठे भवन मङ्गलबार समुदायलाई हस्तान्तरण गरिएको छ । यसपछि दुई वटा कक्षामा बसेर पढ्न पाउने भएका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो