२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा विद्यार्थीलाई न्यानो कपडा र कम्मल वितरण

२५ पुष २०७५, बुधबार ०६:००

 पुस २५, धादिङ | नाङ्गै खुट्टाले भोकभोकै विद्यालय जाने दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालयका ५५ बालबालिकालाई मङ्गलबार न्यानो कपडा वितरण गरिएको छ । 
स्वीटर, ट्रयाकसुटसेट, टोपी, पञ्जा, जुत्तामोजा, कापीसहित स्टेशनरी र सबैलाई कम्मल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बुद्धिमाया तामाङले बताउनुभयो । बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष टङ्क थापा र कपडा र स्टेशनरी उपलब्ध गराउने दाताहरु सहभागी हुनुभएको थियो । 
बालबालिकाको अवस्था झल्किने गरी राससमा पुस २ गते ‘भोेकै विद्यालय जान्छन् चेपाङ बालबालिका’ शीर्षकको समाचार प्रकाशन भएपछि यही आधारमा व्यक्तिगत रूपमा सहयोग सङ्कलन गरी उनीहरुलाई सहयोग उपलब्ध गराइएको सहयोग सङ्कलन अभियानका अगुवा शिक्षाविद् डा षडानन्द कँडेलले बताउनुभयो । 
यसरी व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउनेमा डा कँडेल, हाल अमेरिका बसोबास गर्ने भरत भट्टराई, कृति प्रज्ञानी शाक्य, हाल जापान बस्ने याङ्ला शेर्पा, ज्योति केसी काठमाडाँै, डा मालिका प्रसाईं तेह«थुम, इन्दु पन्त घिमिरे काठमाडौँ, अर्जुनकुमार श्रेष्ठ धादिङ, मञ्जु तामाङ काठमाडाँै, पविता लिम्बू ललितपुर, पुष्कल प्रसाईं झापा, शान्ति गुरुङ काठमाडाँै, विनायक शिक्षालय, गोमादेवी आङ्दम्बे हामी दिदीबहिनी सहकारी, बिमला बज्राचार्य ललितपुर, सुजन महर्जन ललितपुर, प्रभाकुमारी ढुङ्गेल काठमाडौँ ३० नं वडा महिला स्वंसेविका, ज्योति थापा काठमाडौँ, नवराज काफ्ले काठमाडौँले सहयोग सङ्कलन गरी सामग्री हस्तान्तरण गरिएको हो । 
विद्यालयमा पुगेर सबै विद्यार्थीलाई आफ्नै हातले सहयोग हस्तान्तरण गर्दै यी बालबालिकाका लागि उच्च शिक्षासम्मका लागि निरन्तर सहयोग गर्न उनीहरुलाई वार्षिक रूपमा अनुगमन गर्दै शिक्षा सुधारमा काम गर्ने डा कँडेलले बताउनुभयो । 
एकै ठाउँमा राखेर चार कक्षा पढाइ हुने गरेको सो विद्यालयको युएमएनको सहयोगमा नवनिर्मित दुईकोठे भवन मङ्गलबार समुदायलाई हस्तान्तरण गरिएको छ । यसपछि दुई वटा कक्षामा बसेर पढ्न पाउने भएका छन् । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता