२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

२५ पुष २०७५, बुधबार ०७:०८

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ । 

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल मर्मत र परिवर्तन नगर्दा झण्डै ५०० परिवार जोखिममा परेको स्थानीयवासीले बताएका छन् । 

घर नजिकैबाट गरिएको विद्युतीकरणका पोल जीर्ण भएर ढल्न लाग्दा कतिबेला मानवीय वा पशु चौपायाको क्षति हुने हो भन्ने त्रासमा बस्नुपरेको स्थानीयवासी दीपक सापकोटाले बताउनुभयो । सम्बन्धित निकायको ध्यान जान नसक्दा भाँचिएका र जीर्ण बनेका पोल टुलुटुलु हेरेर बस्नुको विकल्प नभएको उहाँको भनाइ छ । विद्युत्का काठे पोल परिवर्तन गरेर फलामे पोल राख्नका लागि माग गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । साविक ठूलीपोखरी गाविसको वडा नं २ मा अवस्थित जनज्योति प्राविका विद्यार्थी झनै बढी जोखिममा परेका छन् । विद्यालय हाताबाट तानिएको ‘थ्रि फेज लाइन’को पोलनै भाँचिन लागेकाले विद्यार्थी निकै त्रसित बनेका छन् । 

अब हावाहुरीको मौसम शुरु भएकोले कतिबेला पोल भाँचिएर विद्यार्थीलाई करेण्ट लाग्ने हो भन्ने त्रास बढेको स्थानीयवासी सन्तोष सुवेदीले बताउनुभयो । उहाँले यसको मर्मतका लागि तत्काल सामुदायिक विद्युतीकरण समिति वा वडा कार्यालयले ध्यान दिनुपर्ने माग गर्नुभयो । कतिपय फलामे पोल परिवर्तन गरिएका ठाउँमा पनि तार परिवर्तन नगरिएको गुनासो रहेको छ । 

पटकपटक विद्युत् प्राधिकरण र नगरपालिकामा माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ । यस्तै अवस्था रहने हो भने अबको चैत, वैशाखमा हावाहुरी आउँदा ठूलो दुर्घटना हुने सम्भावना रहेको स्थानीयवासी हेमराज सापकोटाले गुनासो गर्नुभयो । 

कुश्मा नगरपालिका–१२ का अध्यक्ष राजेन्द्र पौडेलले लामो समय पोल परिवर्तन नहुँदा जोखिम बढ्दै गएको बताउँदै पोल परिवर्तनका लागि नगरपालिकाले पहल गरेको बताउनुभयो । उहाँले उक्त वडामा मात्रै झण्डै २०० पोल परिवर्तन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापनमा लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्युतीकरण समितिले काम गर्न नसक्दा समस्या भएको हो ।” 

यता समितिसमेत लामो समयदेखि निस्क्रिय बनेको छ । विद्युत्को नियमित आपूर्ति नगर्ने, मर्मतसम्भारमा ध्यान नदिने र समितिको आर्थिक पारदर्शिता, साधारणसभा, अधिवेशनसमेत नगरेको स्थानीयको गुनासो रहेको रहेको छ । केन्द्रीय प्रशारण लाइनको पहुँचको अभावमा समुदाय र प्रत्येक घरधुरीबाट आर्थिक सङ्कलन गरेर विद्युतीकरण गरे पनि त्यसको पारदर्शिता कायम नगरेको स्थानीयवासी हेमराज सापकोटाले बताउनुभयो । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान