६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा सामान्य सुधार

२६ पुष २०७५, बिहीबार १०:२३

पुस २६, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ विन्दुले बढेर २५० दशमलव ६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर रु ३६ करोड ६३ लाख २४ हजार १६४ मूल्यमा खरीद बिक्री भएको छ । 

स्टकका अनुसार आज कारोवार भएका कूल ११ कम्पनीमध्ये चार उपसमूहको शेयर घटेको छ । यस्तै सात उपसमूहको शेयर भने बढेको छ । होटल एक दशमलव ७८, विकास बैंक छ दशमलव छ, जलविद्युत् दुई दशमलव ३५ र उत्पादन पाँच दशमलव ८२ विन्दुले घटेको छ । 

यस्तै बैंकिङ एक दशमलव ५८, व्यापार दुई दशमलव ५३, वित्त दुई दशमलव ५२, निर्जीवन बीमा २२ दशमलव १७, अन्य एक दशमलव १९, लघुवित्त पाँच दशमलव सात र जीवन बीमा पाँच दशमलव ९६ विन्दुले बढेको छ । 

स्टकका अनुसार सानिमा इक्विटी फण्ड, सर्पोट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै सिनर्जी पावर डेभलमेन्ट, पूर्णिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का