२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा सामान्य सुधार

२०७५, २६ पुष बिहीबार १०:२३

पुस २६, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ विन्दुले बढेर २५० दशमलव ६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर रु ३६ करोड ६३ लाख २४ हजार १६४ मूल्यमा खरीद बिक्री भएको छ । 

स्टकका अनुसार आज कारोवार भएका कूल ११ कम्पनीमध्ये चार उपसमूहको शेयर घटेको छ । यस्तै सात उपसमूहको शेयर भने बढेको छ । होटल एक दशमलव ७८, विकास बैंक छ दशमलव छ, जलविद्युत् दुई दशमलव ३५ र उत्पादन पाँच दशमलव ८२ विन्दुले घटेको छ । 

यस्तै बैंकिङ एक दशमलव ५८, व्यापार दुई दशमलव ५३, वित्त दुई दशमलव ५२, निर्जीवन बीमा २२ दशमलव १७, अन्य एक दशमलव १९, लघुवित्त पाँच दशमलव सात र जीवन बीमा पाँच दशमलव ९६ विन्दुले बढेको छ । 

स्टकका अनुसार सानिमा इक्विटी फण्ड, सर्पोट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै सिनर्जी पावर डेभलमेन्ट, पूर्णिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले