2026-09-14 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँमा सहकारीमार्फत सामूहिक आलु र प्याजखेती शुरु

पुस २७, दमौली | बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यसहित तनहुँको भानु नगरपालिका चितीखोलाका कृषकले सहकारीमार्फत आलु र प्याजखेती शुरु गरेका छन् । बागेश्वरी कृषि सहकारीमा आबद्ध ५४ जना कृषकले सामूहिकरुपमा आलु र प्याजखेती शुरु गरेका हुन् । 

भानु नगरपालिका वडा नं ७, ९ र १० स्थित चितीखोला सङ्गमका कृषक सङ्गठित भएर आलु र प्याजखेती शुरु गरेको सहकारीका अध्यक्ष काशीराम महतले जानकारी दिनुभयो । उहाँका अनुसार बाँझो रहेको जग्गाको सदुपयोग गर्दै आम्दानीको स्रोत बढाउने उद्देश्यले मङ्सिर महीनादेखि सामूहिक आलुखेती गरिएको छ भने पुस २० गतेदेखि प्याजसमेत रोपिएको छ । 

गाउँमा कृषि कर्म गर्ने युवा नहुँदा खेतबारीमा बाँझै रहेकाले जग्गाको सदुपयोग गर्दै आम्दानी गर्ने उद्देश्यसहित सामूहिकरुपमा खेती थालिएको महतले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा कृषि कर्म गर्ने युवा छैनन् । यस ठाउँका कतिपय युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् भने कतिपय युवा अध्ययनका लागि शहर पुगेका छन् । काम युवा नहुँदा खेतबारी बाँझो रहँदै आएको छ ।” २३ रोपनी जग्गा भाडामा लिएर सामूहिकरुपमा खेती थालिएको कृषि सहकारीका सदस्य वासुराज कडरियाले जानकारी दिनुभयो । 

उहाँका अनुसार १३ रोपनी क्षेत्रफलमा आलु र सात रोपनी क्षेत्रफलमा प्याज रोपिएको छ भने बाँकी जग्गामा केरा, काँक्रोलगायत खेती गर्ने योजना बनाइएको छ । दश वर्षका लागि भाडामा लिइएको जग्गामध्ये १३ रोपनीको वार्षिक रु १५ हजार र १० रोपनीको वार्षिक रु १० हजार भाडा बुझाइने छ । आलुका लागि भानु नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । छ क्विन्टल आलुको बीउ खरीदमा नगरपालिकाले ५० प्रतिशत अनुदान सहयोग गरेको थियो भने ५० प्रतिशत रकम सहकारीले व्यहोरेको छ । 

सहकारीमा १० जना पुरुष र ४४ जना महिला आबद्ध छन् । उनीहरुले दैनिक चार घण्टासम्म सामूहिकरुपमा काम गर्ने गरेका छन् । कँडरियाले भन्नुभयो, “सामूहिकरुपमा काम गर्दा सजिलो भएको र सामिप्यतासमेत बढ्ने गरेको छ ।” केरा खेतीका लागि भानु नगरपालिकामा अनुदानका लागि निवेदन दिइएको जानकारी दिँदै उहाँले सामूहिकरुपमा कुखुरापालन र गाईपालन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ