2026-09-19 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै सबैभन्दा ठूलो आकार भएको टेलिभिजन सार्वजनिक, यस्ता छन् विशेषता

विश्वकै सबैभन्दा ठूलो आकारको टेलिभिजन सार्वजनिक भएको छ । कोरियाको सामसुङ कम्पनीले हालै उक्त टेलिभिजन सार्वजनिक गरेको हो । 

द वाल नाम दिइएको यो टेलिभिजन १४६ इञ्चको छ । यसको आकारमात्र ठूलो नभइ यसको डिस्प्ले पनि नयाँ प्रविधिको नै छ । यस प्रविधिको नाम माइक्रो एलईडी हो । सामसङका अनुसार माइक्रो एलईडी प्रविधि अब भविष्यमा आउने टेलिभिजन स्क्रीनको ‘मुटु’ नै सावित हुनेछ । 

यसअघि सन् २०१३ मा सामसङले नै ११० इञ्चको टेलिभिजन सार्वजनिक गरेको थियो जुन अहिलेसम्मको सबैभन्दा ठूलो आकारको टेलिभिजन थियो ।

१४६ इञ्च भनेको हालसम्म विश्वमा उपलब्ध भएका मध्ये अधिकांशका घरमा हुने ठूला टेलिभिजन सेटको दोब्बर नै ठूलो हो । धेरैका घरमा बढीमा ५५-६५ इञ्चसम्मका टेलिभिजन हुन सक्छन् । होइन भने २१ देखि २३ २९ ३२ ३९ ४२ ४३ ४८ हुँदै ४९ इञ्चसम्मका टेलिभिजनहरु मानिसहरुका घरमा पाइन्छन् ।

बजारमा भने अन्य कम्पनीकासहित गरेर ८५ इञ्चसम्मका टेलिभिजन उपलब्ध हुने गरेका छन् ।

कोरियाली कम्पनीले निकालेको यो टेलिभिजनमा प्रयोग भएको डिस्प्ले नयाँ प्रविधिको भएको आवश्यकताअनुसार आकार घटबढ गर्न सकिने भएकाले कम्पनीले यसलाई मोड्युलर माइक्रो एलईडी भन्ने नाम दिएको बताइएको छ ।

मोड्युलर माइक्रो एलईडी भन्नाले आफैमा प्रकाश दिनसक्ने एकदमै स–साना आकारका एलईडीका माध्यमबाट डिस्प्लेमा प्रकाश आइरहने भन्ने बुझाउँछ ।

यी एलईडीहरु अहिलेका डिस्प्लेमा प्रयोग भएका एलईडीहरुभन्दा धेरै साना आकारका हुन्छन् र यीनिहरुले डिस्प्लेको पछाडि भागमा रहेर निरन्तर प्रकाश दिइराख्छन् । मोड्युलरको अर्थ भने क्रेताले आफ्नो आवश्यकता अनुसार यो डिस्प्लेलाई कष्टोमाइज गर्न सक्छन् भन्ने हो । 

सामसङ कम्पनीका अनुसार राख्ने ठाउँको आवश्यकता हेरी यसको साइज सानो वा ठूलो बनाउन सकिन्छ ।

१४६ इञ्चको टेलिभिजन बनाएर सार्वजनिक गरे पनि कम्पनीले यसको मूल्य र सर्वसाधारणको लागि उपलब्ध गराउने मिति भने तोकिसकेको छैन । 

मूल्य नतोकिए पनि यसमा प्रयोग भएको प्रविधि र आकारलाई हेर्दा यसको मूल्य अहिले चलनचल्तीमा रहेका ठूला आकारका टेलिभिजनभन्दा निक्कै बढी हुने अनुमान गर्न सकिन्छ । आउँदो मार्च महिनामा सामसङले गर्ने पत्रकार सम्मेलनमा यस टेलिभिजनका बारेमा थप जानकारी दिइने बताइएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई