२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीका अधिकांश छोटी भन्सार सर्वसाधारणले चलाउँछन्

२०७५, ३० पुष सोमबार ०४:०८

पुस ३०, नवलपरासी । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभर्इ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो ।

वर्षौंदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हुँदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित नजाँदा भन्सार कार्यालयमा खटिएका बाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ ।

यसैअन्तर्गत पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक कामसमेत एक जना सर्वसाधारण व्यक्तिले नै गर्दै आएका छन् । यो छोटी भन्सार कार्यालयमा वर्षौंदखि स्थानीयवासी मन्सुर अलीले छोटी भन्सार कार्यालयमा सेवाग्राहीलाई दिइने सबै सेवा प्रवाह गर्दै आइरहेका छन् । छोटी भन्सार कार्यालयको माथिल्लो निकाय मानिने पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार कार्यालयले उपलब्ध गराएको कागजातका आधारमा सेवा प्रवाह गर्दै आएको अलीले जानकारी दिए ।

आफूले वर्षौंदेखि यस कार्यालयको काममा सहयोग गर्दै आएको बताउँदै यस कार्यालयमा खटिएका कर्मचारी नियमितरुपमा कार्यालयमा नआउने भएकाले कार्यालयको सबै काम गर्दै आएको उनको भनाइ छ ।

नवलपरासीमा गुठीप्रसौनीसहित विष्णुपुरा, भुजहवा र त्रिवेणी गरी चार वटा छोटी भन्सार कार्यालय रहेका छन् । सबै छोटी भन्सार कार्यालयले भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनका लागि अस्थायी अनुमति दिने काम गर्दछन् ।

गुठीप्रसौनी मात्र होइन त्रिवेणी र भुजहवा छोटी भन्सार कार्यालयको समस्या पनि उस्तै रहेको र ती छोटी भन्सार कार्यालयमा समेत भन्सारका कर्मचारी नभई अन्य बाह्य सर्वसाधारणले दैनिक काम काज गर्दै आएको अवस्था रहेको महेशपुर मूल भन्सार कार्यालयले जनाएको छ ।

विशेष गरी गण्डकी प्रदेशअन्तर्गत पर्ने पूर्वी नवपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयमा समेत नियमित रुपमा खटिएका कर्मचारी नबस्ने गरेको स्थानीयको भनाइ छ । महेशपुर मूल भन्सार कार्यालयबाट सबै छोटी भन्सार कार्यालयमा चक्रीय प्रणालीमा कर्मचारी खटाइने भए पनि छोटी भन्सार कार्यालयमा नियमितरुपमा कर्मचारी जाने गरेका छैनन् ।

कर्मचारी अभावमा गुठीप्रसौनी, त्रिवेणी र भुजहवा छोटी भन्सार कार्यालयमा अन्य बाह्य सर्वसाधारण व्यक्तिले सेवा प्रवाह गर्दै आएको कार्यालय प्रमुख हेमचन्द्र शर्माले स्वीकाररे ।

आगामी दिनमा नियमित रुपमा सबै छोटी भन्सार कार्यालयमा कर्मचारीको उचित व्यवस्थापन गरिने योजना रहेको कार्यालय प्रमुख शर्माको भनाइ छ ।

नेपाल–भारत सीमा क्षेत्रमा देखिने विभिन्न आपराधिक क्रियाकलापमा सवारी साधनको आवागनसमेत मुख्य विषय बन्न सक्छ तसर्थ यस्तो संवेदनशील कामप्रति सरोकारवाला निकायको ध्यान पुग्न जरुरी देखिन्छ । केही महीना अघि मात्र स्तरोन्नति भएको महेशपुर मूल भन्सार कार्यालयमा समेत दरबन्दीअनुसार कर्मचारी नहुँदा छोटी भन्सार कार्यालयमा समेत नियमित रुपमा कर्मचारी पठाउन नसकिएको महेशपुर मूल भन्सारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो