2026-08-25 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

अदुवाको मूल्य बढेपछि कृषक हर्षित

गोविन्द लामिछाने | माघ २, मङ्गलबारे | इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो। यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो । 

“पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उहाँले थप्नुभयो, “गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।” 

त्यहीँका खडानन्द ढुङ्गानाले पनि अदुवाबाट रु एक लाख ५० हजार आम्दानी गर्नुभयो । “अदुवाबाट यतिको धेरै आम्दानी भएको मेरो पहिलो पटक हो”, उहाँले भन्नुभयो, “यसपालि राम्रो मूल्य आएकाले अदुवा खेतीमा कृषकमा आशा पलाएको छ ।” 

उहाँहरू मात्र होइन अदुवाबाट यसपालि धेरैले राम्रो आम्दानी गरेका छन् । गत वर्षको तुलनामा यसपटक अदुवा प्रतिमन (४० किलोको एक मन) रु दुई हजार ५०० देखि तीन हजारसम्म पुगेको छ । यतिबेला किसान धमाधम अदुवा खन्नमा व्यस्त छन् भने कतिपयले खनेर बिक्रीसमेत गरिसकेका छन् । अदुवाबाट भएको आम्दानीले किसानले घर खर्च मात्र चलाएका छैनन्, आफ्ना बालबच्चालाई राम्रो विद्यालय पढाएका पनि छन् । अदुवामा कुनै पनि रोग नलागेकाले यस पटक उत्पादनसमेत बढेको कृषक बताउँछन् । “विगतमा पात पहँेलिने, अदुवा कुहिने समस्या देखापर्दथ्यो तर यो वर्ष त्यस्ता समस्या देखिएन”, खेमप्रसादले रासससँग भन्नुभयो, “अदुवाबाट भएको आम्दानीले घर व्यवहार धानेको छु ।” 

“अदुवाको मूल्य अहिलेसम्मकै उच्च हो”, बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भन्नुभयो, “मूल्य उच्च भएपछि गाउँगाउँबाट अदुवा आउने क्रम बढ्दै गएको छ ।” उत्पादनको शुरूमा प्रतिमन रु एक हजार ५०० देखि दुई हजारसम्म पुगेको थियो । यस पटक कृषकले प्रतिमन रु दुई हजार ५०० सम्म अदुवा बेचेका थिए । 

यस वर्ष भारतको पञ्जाब, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको व्यापारी बताउँछन् । गाउँमा स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । मौसममा आठ ट्रकसम्म अदुवा सङ्कलन गरेर बिक्री गर्ने गरेका आमचोकका इन्द्रप्रसाद अधिकारीले पनि यसपटक अदुवाको मूल्य उच्च भएको बताउनुभयो । विगत वर्षदेखि नै इलामको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । मेची राजमार्गले छोएका जिल्लाका व्यापारिक केन्द्र कोल्बुङ, हर्कटे, फिक्कल, तीनघरे, इलाम, बिब्ल्याँटे, राँकेलगायतका स्थानमा यस पटक उच्च मूल्यमा अदुवा खरिद बिक्री भइरहेको छ । 

जिल्लाका ग्रामीण भेगमा अधिकांश कृषकले अदुवा खेती गर्दै आएका छन् । घर खर्च चलाउनदेखि छोराछोरी पढाउन र अन्य आर्थिक कारोवार गर्न समेत अदुवाको व्यावसायिक खेती गर्दै आएका छन् । इलाममा तीन हजार ७५ हेक्टर जमीनमा अदुवा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । 

स्वावलम्वन समूहलाई दश लाख बिउ पूँजी 

अपाङ्गता भएका व्यक्तिलाई व्यवसायतर्फ उन्मुख गराउने उद्देश्यले इलाम नगरपालिकामार्फत करूणा फाउण्डेशनले यहाँका १० वडामा रु १० लाख वितरण गरेको छ । 

नगरपालिका र करूणा फाउण्डेशन नेपालको संयुक्त साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा परियोजनाअन्तर्गत नगरपालिकाका वडा नं १, २, ४, ५, ६, ७, ८, ९, ११ र १२ मा अपाङ्गता भएका व्यक्तिलाई रु एक÷एक लाखका दरले बिउ पूँजी वितरण गरिएको हो । वडा नं ३ र १० मा यसअघि नै बिउ पूँजी वितरण गरिएको हो । 

अपाङ्गता भएका व्यक्ति आबद्ध रहेको संस्था स्वावलम्बन समूहलाई उक्त बिउ पूँजी वितरण गरिएको करूणा फाउण्डेशन नेपालका कार्यक्रम अधिकृत प्रदीप अधिकारीले बताउनुभयो । उक्त बिउ पूँजीले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा परिवर्तन ल्याउनेसमेत उहाँले बताउनुभयो । 

“यो बिउ पूँजी हामीले उनीहरूका लागि व्यवसाय सञ्चालन तथा व्यावसायिक बनाउन दिएका हौँ”, उहाँले भन्नुभयो, “यस्ता खालको पूँजी जिल्लाका धेरै ठाउँमा दिएका छौँ, यसबाट अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा परिवर्तन आएको छ ।” 

बिउ पूँजी अनुदानबाट ऋण लिएर अपाङ्गता भएका व्यक्तिले बाख्रापालन, बङ्गुरपालन, तरकारी खेती, गाईपालन तथा किराना पसलसमेत सञ्चालन गर्दै आएका छन् । उक्त परियोजनामार्फत जिल्लाका ८१ वडामा बिउ पूँजी लगानी गरिएको करूणा फाउण्डेशनले जनाएको छ । 

बिउ पूँजी वितरण गर्दै इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले लागत साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रम प्रभावकारी ढङ्गबाट सञ्चालन भइरहेको तथा अपाङ्गता भएका व्यक्तिलाई इलाम नगरपालिकाले अनुभूत हुने गरी कार्यक्रम प्राथमिकतामा राखी सञ्चालन गरिरहने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन