२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङका तीन सडकलाई तीन करोड

२ माघ २०७५, बुधबार ०७:२८

माघ २, गलकोट | बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । 

जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पुर्याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला लाममेला हँुदै म्याग्दीको दरवाङ जोड्ने सडक विस्तार र स्तरोन्नति गर्न रु एक करोड बजेट विनियोजन भएको छ । गलकोट हरिचौर ताराखोला हुँदै म्याग्दीको ताकम जोड्ने सडकका लागि रु एक करोड बजेट विनियोजन भएको सांसद देवेन्द्र पौडेलले बताउनुभयो । 

जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने मालढुङ्गा, पाग्जा पैयूँपाटा हँुदै लहरेबर अमलाचौर कुश्मिशेरा जोड्ने सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले बजेट ल्याउने बेला एकमुष्ट बजेट राखेर सांसदमार्फत आएका योजनाका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । 

तीनवटै सडकको स्तरोन्नति गर्न विनियोजन भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको सांसद पौडेलले जानकारी दिनुभयो । “सरकारले विनियोजन गरेको बजेटका विषयमा सम्बन्धित क्षेत्रका मानिसले चासो राखेर काम गर्नुपर्दछ” पौडेलले भन्नुभयो, “स्थानीय सरकारसँग समन्वय गरेर बजेटको सही कार्यान्वयन हुन्छ ।” 

एउटा क्षेत्रका दुईवटा बाटोमा रकम विनियोजन हँुदै आएपनि जनताको माग अनुसार तीनवटा बाटोमा रकम छुट्ट्याइएको सांसद पौडेलले बताउनुभयो । तीनवटै सडक सर्वसाधरणको प्रत्यक्ष जनजीवीकासँग जोडिएका सडक भएकाले आगामी वर्ष बजेटलाई निरन्तरता दिएर काम गर्ने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै