२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारीमा महिलाको आकर्षण बढ्दो

२०७५, ३ माघ बिहीबार ०७:२८

सुशीला रेग्मी | माघ ३, बेझाड |  रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहार्नुभयो तर, कसैले पत्याएन । 

उहाँलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाई सबै टाढिए । गाउँमै रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरमा उहाँ आबद्ध हुनुभयो । 

लघुवित्त कार्यक्रममा सहभागी भएपछि उहाँलाई सहकारीले व्यवसाय गर्न बिना धितो ऋण दियो । सहकारीबाट ऋण पाएपछि न्यौपानेले खुशी हुँदै जग्गा भाडामाा लिएर तरकारी र कुखुरापालन व्यवसाय शुरु गर्नुभयो । 

“सहकारीबाट ऋण लिएर शुरु गरेको व्यवसाय अहिले राम्रो आम्दानीको स्रोत बनेको छ, हामी गरीब बेसहारा किसानका लागि सहकारी बरदान नै सावित भएको छ,” उहाँले भन्नुभयो । 

उहाँले अहिले करीब सात रोपनी जग्गा भाडामा लिएर तरकारी खेती र कुखुरापालन व्यवसाय गरिरहनु भएको छ । यस व्यवसायबाट उहाँलाई अहिले वर्षमा चार लाख रुपैयाँ बराबरको आम्दानी हुन्छ । 

त्यस्तैगरी, अर्का कृषक टकादेवी भट्टराईको अवस्था पनि न्यौपानेको जस्तै थियो । उहाँ पनि व्यवसाय गर्नकै लागि ऋण झिक्न सहकारीमा पुग्नुभयो । बिना झण्झट बिना धितो ऋण पाएपछि उहाँले उत्साहित भएर तरकारी खेतीमा लगानी गर्नुभयो । 

भट्टराईले अहिले पाँच रोपनी जग्गामा विभिन्न मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर एक याममै रु तीन लाख बराबरको आम्दानी गरिरहनुभएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुँदै गएपछि उहाँले कुखुरापालन व्यवसाय पनि शुरु गर्नुभएको छ । 

उहाँले भन्नुभयो – “शुरुमा ऋण पाउन धेरै जनासँग हात जोडँें । रातदिन भौँतारिएँ तर, कसैले दिन मानेन । घर नजीकै सहकारी खुलेको थियो । त्यहाँ गएपछि सजिलैसँग ऋण पाइयो ।” सहकारी आफू जस्ते मानिसका लागि जीवन जिउने आधार बनेको उहाँको भनाइ छ । 

रामपुर नगरपालिका–७ बहखोला बस्ने उर्मिला रानालाई सहकारीले सहजै बिना धितो ऋण उपलब्ध गराएपछि होटल व्यवसायमा लगानी गर्नुभयो । आजभन्दा एक दशक अगाडि रु २० हजारको लगानीमा होटल व्यवसाय शुरु गर्नुभएका राना अहिले यो व्यवसायको कमाइबाट घरघडेरी जोड्न सफल हुनुभएको छ । 

रामपुर–५ सुन्दरटोल बस्ने लक्ष्मी रानाले सहकारीबाट झिकेको ऋणले भैंसी र गाईपालनमा लगानी गर्नुभएको छ । उहाँको फार्ममा हाल छ वटा उन्नत जातका भैसी, दुई वटा उन्नत जातका गाई छन् । उहाँ दैनिक पैंतिस लिटर दूध बिक्री बेचेर मासिक पैंतालिस हजार कमाइ गर्नुहुन्छ । उहाँले सहकारीबाट रु एक लाख रकम ऋण झिकेर पशुपालन व्यवसायमा लगानी गर्नुभएको हो । 

उहाँजस्ता धेरै महिला अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट झिकेको रकम आयमूलक व्यवसायमा लगानी गरी आत्मनिर्भर बनेका छन् । सहकारीमा अहिले नौ हजार ४१३ जना शेयर सदस्य रहेका छन् । विसं २०६४ देखि शुरु भएको लघुवित्त कार्यक्रममा छ हजार ४८८ जना महिला सदस्य आबद्ध छन् । हाल सहकारीले दैनिक ७२ करोड रुपैयाँ बराबरको कारोबार गर्दैआएको छ । 

संस्थाले बिना धितो रु एक लाख ५० हजारसम्म र त्यो भन्दा माथि परियोजना हेरेर धितोमा रु नौ लाखसम्म व्यवसाय गर्न इच्छुकलाई ऋण प्रवाह गर्दै आइरहेको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । 

सहकारीले पूर्वी पाल्पाका साविक २१ वटा गाउँ विकास समितिलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । सहकारीबाट ऋण झिक्नेमध्ये करीब ४० प्रतिशतले व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । सहकारीले नाफामुखी नभई बिशुद्ध जनताको हितमा काम गरिरहेको अध्यक्ष तीर्थप्रसाद पंगेनी बताउनुहुन्छ । 

“सदस्यहरुको वित्तीय आवश्यकतालाई पूरा गर्ने, गुणस्तरीय सहकारीको पहिचान स्थापित गर्ने, ंसंस्थाले लगानी गरेका व्यवसायलाई व्यावसातिक बनाउँदै लैजाने गरी काम गरिरहेको छ,” पंगेनीले भन्नुभयो । 

व्यवसाय गर्न चाहने महिलालाई सहुलियत दरमा बिना धितो ऋण सहकारीले उपलब्ध गराएपछि ग्रामीण भेगका महिलाहरु आयमूलक पेशा व्यवसायतर्फ उन्मुख भएका छन् । गाउँका गरीब, एकल, असहाय, दलित, विपन्न वर्गका महिलाहरुका निम्ति सहुलियत दरमा ऋण दिन थालेपछि सहकारीमा महिलाहरुको आकर्षण बढ्दो छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह