Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अँगालो हालेर सुताउने अचम्मको जागिर ! १ घण्टाकै ८ हजार तलब

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

तपाइलाई अचम्म लाग्न सक्छ के अंकमाल गरेर पनि पैसा कमाउन सकिन्छ ? तर अमेरिकाकी एकजना महिलाले पैसा कमाउनका लागि यो अनौठो कामको अन्वेषण गरेकी छन् ।

पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् । निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् ।

अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आलिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् ।

मेरी एकजना व्यवसायिक सुसारे हुन् । उनले आफ्नो त्यो अनौठो सर्भिसद्वारा ग्राहकहरुलाई रिल्याक्स महसूस गराउँदछिन् ।

उनका अनुसार यसो गर्दा मानिसको शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जन हुन्छ । यसले मानिसलाई केवल खुसी दिलाउने मात्र होइन, तनाव पनि कम गरिदिन्छ । यस्तो थेरापीको एउटा सेसन १ देखि ४ घण्टा सम्मको हुन्छ ।

अंगालो हालेर सुताउने त्यो पद्धतिको लागि मेरीले केही कडा नियम बनाएकी छिन् । उनीसँग सुत्ने ग्राहकले पूर्णरुपमा जिउमा कपडा लगाएको हुनुपर्दछ र त्यस अवधिभर कुनै यौन सम्पर्कको इच्छा व्यक्त गर्नु हुँदैन । गर्मी महिनामा जाँगे लगाउन पाइन्छ तर जाँगे निकै छोटो हुनु हुँदैन ।

उनीसँग अँगालो हालेर सुत्नका लागि पुरुष तथा महिला समेत आउने गरेका छन् । त्यस्तै विवाहित दम्पत्तिहरु, अविवाहित तथा एकल महिला र पुरुषहरु पनि आउँदछन् ।

मेरी आफैं पनि प्रेममा छिन् । उनको त्यो अपरिचितलाई अँगालो हालेर सुत्ने पेशालाई उनका ब्वायफ्रेण्डले कुनै दखल पुर्‍याएका छैनन् ।

त्यो कुनै यौनिक कार्य होइन र एउटा थेरापी मात्र हो भन्ने कुरा आफ्नो प्रेमीलाई जानकारी रहेको उनको भनाइ छ । यो पेशाले आफू स्वयंलाई पनि फाइदा भएको उनी बताउँछिन् । अहिले आफूलाई मिठो निद्रा लाग्ने, तनाव कम भएको र जिउमा स्फूर्ति पनि बढिरहेको उनको भनाइ छ ।

एजेन्सी