2026-07-25 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लक्ष्मी बैंकले नौ प्रतिशत लाभांश दिने

माघ ४, काठमाण्डौ | लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको ६९ लाख ८८ हजार ४१६ कित्ता शेयर लाभांश र रु तीन करोड ६७ लाख ८१ हजार १४२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गरेको उक्त प्रस्ताव यही माघ २८ गते आयोजना गरिएको वार्षिक साधारणसभाले पारित गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ । 

बैंकले साधारणसभामा धितोपत्र दलाल व्यवसायीको काम गर्ने गरी सहायक कम्पनी खोल्ने प्रस्तावसमेत राखेको छ । पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई धितोपत्र दलाल व्यवसाय गर्नका लागि सहायक कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । यस्तै लक्ष्मी बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा यसअघि नै भएको प्रक्रियालाई समेत निरन्तरता दिने प्रस्तावसमेत रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ