2026-09-07 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । 

झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम शुरु गर्न अझै केही समय लाग्नेछ । अहिले महानगरले सार्वजनिक शौचालय निर्माण गर्न आवश्यक ठाउँ र बनाउन सकिने नसकिने विषयको अध्ययन थालेको छ । सो अध्ययनका आधारमा काम अघि बढ्ने प्रवक्ता उहाँले जानकारी दिनुभयो । 

अहिले महानगरका केही स्थानमा सार्वजनिक शौचालय रहेपनि ति अत्यन्तै फोहर र दुर्गन्धित छन् । महानगर प्रमुख विद्यासुन्दर शाक्यले शौचालय निर्माणकै लागि गत वैशाखमा सबै वडालाई सार्वजनिक स्थान पहिचान गर्न निर्देशन दिनुभएको थियो । 

प्रवक्ता डङ्गोलले भन्नुभयो, “कामपामा शौचालयको आवश्यकता छ तर कुन कुन स्थानमा निर्माण गर्ने भन्ने यकिन नभएकाले ३२ वटै वडालाई स्थान पहिचान गर्न निर्देशन दिइएको हो ।” वडाबाट सिफारिस आएपछि मात्र महानगरले लागतसहितको डिजाइन तयार गर्नेछ । निर्माणका लागि लागत सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने महानगरको प्रयास हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित