Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरहाको बरियारपट्टीमा आर्थिक वर्ष २०७५-७६ को बजेट सार्वजनिक

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ ६, लहान | सिरहाको वरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि करीब रु. ३४ करोड ६१ लाख बढीको बजेट पारित गरेको छ । दोश्रो गाउँ सभाबाट आर्थिक वर्ष २०७५-७६ का लागि रु ३४ करोड ६१ लाख ९० हजारको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>कुल आयमध्ये गाउँ कार्यपालिकाको प्रशासनिक र कार्यक्रम खर्च, विद्यालय र स्वास्थ्य संस्थाको प्रशासनिक र कार्यक्रम खर्च एवं सामाजिक सुरक्षा भत्ता, अन्य निकायबाट चालु प्रकृतिको बजेट गरी कुल चालु खर्चतर्पm रु १७ करोड ८५ लाख १९ हजार र कुल अनुमानित आयबाट कुल चालु खर्च विनियोजनपश्चात् बाँकी रहेको रकमबाट भौतिक पूर्वाधारको लागि बरियारपट्टी गाउँपालिकाको पाँचै वडामा पूर्वाधार विकासलगायत अन्य कार्यमा रु दुई करोड ३४ लाख ५० हजारबाट वडा समितिले गाउँपालिकामा पठाइएको आधारमा वडा तहमै विनियोजन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।&nbsp;</p><p>वडा तहबाट प्राप्त भएका गाउँस्तरीय योजनाहरुको लागि रु सात करोड ४६ लाख ७५ हजार र गाउँपालिकाको लागि ठूला उपकरणलगायत पूँजीगत कार्यक्रमका लागि रु चार करोड ३१ लाख ९० हजार, कृषि विकास कार्यक्रममा रु ४९ लाख ७५ हजार पशु विकास कार्यक्रमको रु २० लाख, सडक बोर्डको रु १० लाख, तराई मधेश कार्यक्रमको रु एक करोड पाँच लाख ५० हजार गरी पूँजीगत खर्च तर्पm रु १६ करोड ७६ लाख ७१ हजार बिनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । रासस&nbsp;</p>