2026-09-01 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच घाइते

माघ ९, मुग्लिन | पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन् । 

घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । मुग्लिनबाट काठमाडाँै जाँदै गरेको ना५ख ९७०६ नंको मालबाहक ट्रक र काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको ना६ख ९८९९ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएका हुन् । 

यसैबीच आज बुधबार बिहान ८ बजे इच्छाकामना गाउँपालिका–३ कै चुम्लिङटारमा पनि दुई ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट कुरिनटारतर्फ आउँदै गरेको ना६ख ९१०६ नंको ट्रक र काठमाडौँतर्फ जाँदै गरेको ना५ख २७६२ नंको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएका हुन् । 

दुर्घटनामा काठमाडौँतर्फ जाँदै गरेको ट्रकको चालक घाइते भएका छन् । उनको अहिले मनकामना पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ । लामो समयपछि सिमसिम पानी पर्दा सवारीसाधन चिप्लएर अत्यधिक दुर्घटना हुने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला