२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेलम्बुमा भइरहेको एकीकृत बस्ती निर्माण अन्तिम चरणमा

२०७५, ९ माघ बुधबार ०७:३६

माघ ९, चौतारा | सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका‐१ हेलम्बुमा भूकम्पपीडितका लागि भइरहेको एकीकृत बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

जनहित ग्रामीण सेवा समितिको समन्वयमा अक्सफाम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको भूकम्प प्रतिरोधी ४० घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिनुभयो । 

पीडितहरु बस्दै आएको थातथलोमा भूकम्पले चिरा पारेर बस्नै नहुने अवस्था आएपछि स्थानीयवासीले तेम्वाथाङ बस्ती विकास नामक समिति गठन गरी आफ्नै तर्फबाट जग्गाको व्यवस्था गरेका थिए । 

त्यसैगरी बाह्रबिसेको खुर्सानीबारीमा विस्थापित जीवन बिताइरहेकामध्ये छ घर दलित परिवारलाई आवास निर्माणका लागि पनि सोही संस्थाले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको छ । बाह्रबिसे नगरपालिकाअन्तर्गत गातीका २४ घरका दलित परिवार भूकम्पपछिको पहिरोका कारण खुर्सानीबारीमा विस्थापित बनेका थिए । 

अन्य १८ परिवार भने आफ्नैतर्फबाट आवास निर्माणमा जुटिरहेका छन् । साविकको ठाउँमा पहिरो लागेर घर बनाउने जग्गा नभएर चार वर्षदेखि विस्थापित भएका उनीहरुले हाल आवास निर्माण गरिरहेको स्थानमा पनि तलबाट पहिरो गएपछि नियन्त्रणका लागि रु १० लाख अनुदान उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने