२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेलम्बुमा भइरहेको एकीकृत बस्ती निर्माण अन्तिम चरणमा

९ माघ २०७५, बुधबार ०७:३६

माघ ९, चौतारा | सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका‐१ हेलम्बुमा भूकम्पपीडितका लागि भइरहेको एकीकृत बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

जनहित ग्रामीण सेवा समितिको समन्वयमा अक्सफाम नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको भूकम्प प्रतिरोधी ४० घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिनुभयो । 

पीडितहरु बस्दै आएको थातथलोमा भूकम्पले चिरा पारेर बस्नै नहुने अवस्था आएपछि स्थानीयवासीले तेम्वाथाङ बस्ती विकास नामक समिति गठन गरी आफ्नै तर्फबाट जग्गाको व्यवस्था गरेका थिए । 

त्यसैगरी बाह्रबिसेको खुर्सानीबारीमा विस्थापित जीवन बिताइरहेकामध्ये छ घर दलित परिवारलाई आवास निर्माणका लागि पनि सोही संस्थाले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको छ । बाह्रबिसे नगरपालिकाअन्तर्गत गातीका २४ घरका दलित परिवार भूकम्पपछिको पहिरोका कारण खुर्सानीबारीमा विस्थापित बनेका थिए । 

अन्य १८ परिवार भने आफ्नैतर्फबाट आवास निर्माणमा जुटिरहेका छन् । साविकको ठाउँमा पहिरो लागेर घर बनाउने जग्गा नभएर चार वर्षदेखि विस्थापित भएका उनीहरुले हाल आवास निर्माण गरिरहेको स्थानमा पनि तलबाट पहिरो गएपछि नियन्त्रणका लागि रु १० लाख अनुदान उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य