Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मुगुमा भारी हिमपात जनजिवन कष्टकर, कृषक निकै खुसी (फोटो फिचर)

By साझासवाल 11 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | माघ १०, मुगु | मंगलबार रातिबाट मुगु जिल्लामा भारी हिमपात हुँदा जनजिवन निकै कष्टकर बनेको छ भने कृषकहरुले लगाएको हिउँदे अन्न बालि जौ, गहुँ, उवा खेतमै सुक्नलागेपछि चिन्तामा रहेका मुगालि कृषकहरु एक्कासी भारी हिमपात हुँदा निकै खुसी भएका छन् ।

बिगतका बर्षहरुमा पुसको पहिलो सातामै हिमपात हुन्थो भने यो बर्ष पुस महिनाको तेस्रो साता र माघ महिनाको पहिलो साता हिमपात परेको छ । मुगु जिल्लाको मुगु गाँउ, डोल्फु, किमी्र, पुलु, रारा, मुर्माटप, खमाले, सोरुकोट, डुमाना, ताल्च, रारा मुन्दू, तल्लेख, सोभा सेरी, गम्था लगायतका जिल्ला भरीका बस्तीहरुमा ३/४ फिट भन्दा बढी हिउँपात भएको स्थानिय बासीहरुले बताएका छन् ।

मुगुमा खडेरी र भोकमरीबाट पिडा पाएका मुगुका कृषकहरु मुगुका भारी हिमपात हुँदा निकै खुसी भएका छन् । हिमपात भएपछि बिभिन्न प्रकारका रोग रुघाखोकी, निमोनिया, झाडापखाला, लगायतका रोगहरु नहुने मुगु जिल्लामा रहेको सबै स्थानिय बासीहरु आकासे पानिको भरमा खेति गर्ने कृषकहरुले खेत बारीमा लगाएको अन्नबालि राम्रो हुने भन्दै निकै खुसी भएको कुरा छायानाथ रारा नगरपालिका वडा नम्बर ३ तलितुम गाँउमा बस्ने नरेन्द्र बहादुर रावले बताएका छन् ।

बिगतका बर्षहरु भन्दा यो बर्ष हिउ कम परेको छ, हामी कृषकले लगाएको हिउदे बालि फलफुल, अन्न, तरकारी राम्रो हुने भएको छ । तर पछिल्लो समयमा जलवायू परिवतनका कारण हिउपात कम हुने भएको छ । बिगतमा आफ्ना पुर्खाहरुले 'पुसको हिउ सिला, माघको हिउ टिलाफीला, भन्ने उखान रहेको थियो । बिगतका बर्षहरु जस्तै कम हिउ परेको भएपनि २ दिन यता हिउ-पानि पर्दा कृषकहरु निकै खुसी भएको छायानाथ रारा नगरपालिका ३ मार्थि तुमगाँउका कृषक कुम्बरसिह खड्काले बताए ।

हिउद बर्खाको समयमा आकासको पानिको भरमा खेति गर्ने मुगुका कृषकहरु हिजो/आज हिउ पर्दा निकै खुसी भएका छन् । हिउ नपरेको भए स्थानिय कृषहरुले लगाएको सम्पूर्ण अन्नबाली, तरकारी, फलफुल सुकीसकेका थिए, अब राम्रो हुने भयो' स्थानिय कृषक चक्र बहादुर रावलले बताए ।

हिउ होईन मुगुलि जन्ताहरुको लागी अमृत हो, हिउदमा हिउँ नपरेपछि बर्खाको समयमा पानी नपर्दा मुगालि कृषहरुलाई र मुगालिलाई भोकमरी हुन्छ, जलवायू परिवर्तनका कारण पछिल्ला बर्षहरुमा हिँउ निकै कम पर्ने गरेको प्राथामिक बिद्यालय माथितुमका शिक्षक भिम बहादुर रावलले बताए ।

हिमपातले गर्दा मुगुका बुढा/बुढी बाल/बच्चा पशुचैपाय लगायतका वस्तुभाउलाई हिड-डुल गर्न बस्तु भाउलाई चरिचराउनको लागी  निकै समस्या भएको छ । हिमपातको कारण जिल्ला भरीका अधिकंश बिद्यालय बन्द भएका छन ।

हिमपातले कर्णाली राजमार्ग नाग्म गमगढी अन्तर्गतको घुच्चीलेखमा ४ फिट बढी हिउ परेकाले मुगु जिल्ला भित्रने १ दर्जन भन्दा बढी मालवाहक गाडीहरु जुम्लाको गोठीज्यूला, भूलभूले, कालीकोटको नाग्मा, लगायतका ठाउमा रोकीएका छन । त्यस्तै जिल्लाबाट बाहिर जाने मालबाहक गाडी प्यासेन्जर बोक्ने साना गाडीहरु गमगढी बजारमा रोकिएका छन । घुच्ची लेकमा हिजो परेको हिमपातको कारण धेरै असहज भएको गाडी चालकहरुले बताएका छन् ।

हिमपातका कारण गमगढीबाट हुम्ला जिल्ला लिने खाद्यान्न दैनिक उपभोग्य बस्तु ढुवानिका साधन खच्चरहरु सदरुमुकाम गमगढी, मुगु र हुम्लाको सिमानामा रहेको चंखेली लेकमा रोकिएका छन् ।

हिमपात हुँदा निकै खुसी लागेको छ, खडेरीले सुकिसकेको अन्नबालिमा राम्रो हुने भो भने बिशेष गरी फलफुललाई धेरै राम्रो हुनेभयो भन्दै निकै खुसी भएको छायानाथ रारा नगरपालिका रोवा गाँउका स्वाउ नर्सरी मालिक बाच्या बिकले बताएका छन् । बिक निकै खुसी भएर आजैबाट स्याउका बोट बिरुवामा काटछाट गर्न लागेका छन् ।

हिउँ आउदा निकै राम्रो भएको छ तर बुढा-बुढी बाल-बच्चा गाई-गोरुलाई निकै गाह्रो भएको छ, खेती गर्ने कृषकहरुलाई राम्रो भएको छ, आफु भेलीबाट तरकारी लगाउने तयारीमा रहेको छायानाथ रारा नगरपालिका वडा नम्बर २ बस्ने ६५ बर्षका टुन्डुल लामाले बताएका छन् ।

२ दिन पहिला नै गमगढी पुगीसक्नु पर्ने हो, हिमपातको कारणले गर्दा बाटो एकनासको देखीन्छ । आफ्नो स्काई भेटर(जेसीपी) भएपनि निकै गाह्रो गरी आईयो, अन्य मालबाहक गाडी र साना गाडीलाई निकै आवत-जावत गर्न गाह्रो भएको स्काई भेटर मालिक देर्गा प्रसाद पोखरेलले बताए ।

हिमपातले कृषकहरुले लगाएको हिउदे खेती र फलफुल ओखर, आरु, स्याउ, नास्पति जस्ता फलफुलमा आवश्यकता अनुसारको तापत्क्रम मिल्ने हुँदा समयमा नै हिमपात हुँदा गत बर्षहरुमा भन्दा यो बर्ष अन्न र फलफुल राम्रो उत्पादन हुन सक्ने  कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुका प्रमुख गजेन्द्र सिजापतिले बताए ।

हिउँ पर्दा पर्यटकीय गन्तब्य नेपालको ठूलो ताल रारा हिउले छोपेर सेताम्मे भएको छ भने तालको चारैतिर हिमालमा चादिले मोडेको जस्तो सेताम्मे देखिएका छन् । रारामा हिउँमा रमाउने आन्तरीक पर्यटकहरु पनि बढेका छन् । रारा ताल समुन्द्रिय सतहदेखी २९ सय मिटरको उचाईमा रहेको छ भने लम्बाई ५ सय मिटर, चौडाई ३ सय मिटर र गहिराई १ सय ६७ मिटर रहेको छ । समय परिवर्तन अनुसार प्रत्यक दिनमा सात रङ्ग फेरीरहन्छ यस रारा तालले । तर हिउदको समयमा चिसो हुने भएको हुँदा बाह्य पर्यटकको संख्यामा कम आउने गर्छन । बर्षाको समयमा भने आन्तरिक तथा बाह्य पर्यटकहरुको रारामा घुईचो लाग्ने गरेको छ । पछिल्लो समयमा रारा तालका नजिकै साना गाडीहरु जाने भएको हुँदा हिउमा खेल्नेहरुको संख्या बढेको छ ।