२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यान इन्फोटेक २०१९ माघ १५ देखि २० सम्म, नयाँ–नयाँ प्रविधिको अवलोकन सँगै जागिरको अवसर पनि

२०७५, १० माघ बिहीबार ०६:५७

माघ १०, काठमाडौं | सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि आयोजना गर्दै आएको क्यान इन्फोटेकलाई यो वर्ष पनि निरन्तरता दिएको हो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

काठमाडौ बाहिर प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३, प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३०, प्रदेश ३ को चितवनमा माघ २५ देखि २९, गण्डकी प्रदेशको पोखरामा फागुन २४ देखि २८, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । मेलालाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यसपटकको इन्फोटेकमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास गरिएको छ । त्यस्तै, नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि प्रदर्शनमा राखिनेछन् ।

क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ । मेलामा प्रत्येक तीन/तीन घण्टामा चिठ्ठामार्फत अवलोकनकर्तालाई गिफ्ट ह्याम्पर र  एक जनालाई प्रत्येक दिन बम्पर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । मेलामा कुनै पनि पुराना इलेक्ट्रोनिक सामान लगेर अवलोकनकर्ताले आकर्षक गिफ्ट या अर्को सामानमा छुटसमेत प्राप्त गर्न सक्नेछन् । 

त्यस्तै, नेपालीले निर्माण गरेको दैनिक जीवनमा प्रयोग हुने रोबोट पनि प्रदर्शन गरिनेछ । सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन प्राविधिक विषय अध्ययनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा बुझाउन सक्नेछन् । क्यान महासंघले ती बायोडाटालाई आईटी कम्पनीहरुमा पठाइदिनेछ र रोजगारीका लागि आवश्यक सहजीकरण गरिदिनेछ ।

२५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । त्यस्तै, सिल्भर स्पोन्सरमा एसएचटिसी इन्टरनेसनल, एस–पावर बिपिई प्रा.लि. र लर्डबुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् भने अफिसियलमा नेपाल टेलिकम र नेपाल क्लियरिङ हाउस लिमिटेड रहेका छन् । त्यस्तै, अफिसियल बैंक प्रभु बैंक, अफिसियल पेमेन्ट पार्टनर F1 Soft, अनलाइन टिकेटिङ पार्टनर ई सेवा, अफिसियल SMS पार्टनर Sparrow SMS, अफिसियल ISP- SUBISU रहेको छ ।

क्यान इन्फोटेकको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स लिमिटेड हो । प्रभु इन्स्योरेन्सले प्रदर्शनीस्थल र स्टलको २ करोड रूपैयाँबराबरको बिमा गर्नेछ । त्यस्तै, कम्पनीले प्रत्येक स्टललाई पाँचवटा बिमा पोलिसी प्रदान गर्नेछ ।

कुल १७५ वटा स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रूपैयाँ र विद्यार्थीलाई ५० रूपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रूपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ ।

आमजनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित मेलामा अनलाइन टिकटको व्यवस्था मिलाइएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्देश्यले अनलाइन टिकट खरिदमा १० प्रतिशत छुट प्रदान गरिएको छ । अनलाइन टिकट ई सेवाबाट खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा