२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

परासीमा पहिलो पटक ब्याडमिन्टन कभर्डहलको निर्माण पुरा

११ माघ २०७५, शुक्रबार ०६:२८

माघ ११, नवलपरासी | पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खेलाडीलाई लक्षित गरी पहिलो पटक सुविधायुक्त ब्याडमिन्टन कभर्डहल निमार्ण पूरा भएको छ । उक्त कभर्डहल तीन कठ्ठा क्षेत्रफल जग्गामा निर्माण भएको हो । 

पाँच वर्षअघि राष्ट्रिय खेलकूद परिषद्को करीब रु ३० लाख बजेटमा मिनी कभर्डहलको रूपमा निर्माण भएको थियो । हाल खेलाडीको सक्रियता बढेपछि पूर्ण आकारसहित व्यवस्थित कभर्डहल निमार्ण गरिएको हो । परासी बजारमा पहिलो कभर्डहल निर्माण भएपछि यहाँका खेलाडी ब्याडमिन्टन खेलप्रति आकर्षित भएका छन् । कभर्डहल नहुँदा खुला स्थानमा खेल्दै आएका खेलाडी अहिले बिहान र साँझ कभर्डहलमा खेल्दै आएका छन् । 

स्थानीय खेलाडीको सक्रियतामा रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला खेलकूद विकास समिति, विभिन्न सङ्घ संस्था, स्थानीय उद्योगी, शुभचिन्तक तथा खेलाडी आफँैले पनि रकम उठाएर रु ८५ लाखको लागतमा कभर्डहल बनाउन सफल भएको रामग्राम ब्याडमिन्टन क्लब परासीका अध्यक्ष मेघराज गौतमले जानकारी दिनुभयो । 

कभर्डहलको सोही क्लबले व्यवस्थापन गर्दै आएको छ । कभर्डहल तयार भएपछि दिनप्रतिदिन नवआगन्तुक खेलाडी पनि ब्याडमिन्टन खेलमा आकर्षित भएको गौतमले बताउनुभयो । उहाँका अनुसार शुरुमा १५ खेलाडी रहेकामा अहिले दैनिक १०० खेलाडी खेल्ने गरेका छन् । क्लबमा ४७ खेलाडी आजीवन सदस्य छन् । 

खेलाडी आफैले मासिक रकम सङ्कलन गरी कभर्डहलको व्यवस्थापन गर्दै आएका छन् । कभर्डहलमा अहिले तीन कोर्ट निर्माण भएका छन् भने दुईमा काठको प्रयोग गरी पार्केटिङ गरिएको छ । कभर्डहल निर्माणका लागि समाजसेवी ध्रुवबहादुर प्रधानले एक कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो भने खेलाडीलाई हौसला बढाउन व्यायामका सामग्रीसमेत क्लबलाई सहयोग गर्नुभएको थियो । 

बिरामीलाई सहयोग 

पूर्वी नवलपरासीमा रहेको विजयी सामुदायिक वन उपभोक्ता समिति मध्यविन्दु–७ चोरमाराले अल्सरबाट पीडित मध्यविन्दु–७ चोरमाराकी टीकादेवी पाण्डेलाई उपचार खर्चका लागि रु १५ हजार सहयोग गरेको छ । 

अल्सरबाट पीडित पाण्डे वनको कुशल उपभोक्ता भएकाले उपचार खर्चमा राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको वन उपभोक्ता समितिका अध्यक्ष मधुविलास अधिकारीले बताउनुभयो । उहाँले पाण्डेजस्ता धेरै आर्थिक अवस्था कमजोर भएका उपभोक्तालाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । 

त्यसैगरी अध्यक्ष अधिकारीले वनप्रति इमान्दार तथा कुशल उपभोक्तालाई आगामी दिनमा पनि आर्थिक अवस्थाअनुसार सहयोग गर्दै जानेमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य