2026-09-14 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

परासीमा पहिलो पटक ब्याडमिन्टन कभर्डहलको निर्माण पुरा

माघ ११, नवलपरासी | पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खेलाडीलाई लक्षित गरी पहिलो पटक सुविधायुक्त ब्याडमिन्टन कभर्डहल निमार्ण पूरा भएको छ । उक्त कभर्डहल तीन कठ्ठा क्षेत्रफल जग्गामा निर्माण भएको हो । 

पाँच वर्षअघि राष्ट्रिय खेलकूद परिषद्को करीब रु ३० लाख बजेटमा मिनी कभर्डहलको रूपमा निर्माण भएको थियो । हाल खेलाडीको सक्रियता बढेपछि पूर्ण आकारसहित व्यवस्थित कभर्डहल निमार्ण गरिएको हो । परासी बजारमा पहिलो कभर्डहल निर्माण भएपछि यहाँका खेलाडी ब्याडमिन्टन खेलप्रति आकर्षित भएका छन् । कभर्डहल नहुँदा खुला स्थानमा खेल्दै आएका खेलाडी अहिले बिहान र साँझ कभर्डहलमा खेल्दै आएका छन् । 

स्थानीय खेलाडीको सक्रियतामा रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला खेलकूद विकास समिति, विभिन्न सङ्घ संस्था, स्थानीय उद्योगी, शुभचिन्तक तथा खेलाडी आफँैले पनि रकम उठाएर रु ८५ लाखको लागतमा कभर्डहल बनाउन सफल भएको रामग्राम ब्याडमिन्टन क्लब परासीका अध्यक्ष मेघराज गौतमले जानकारी दिनुभयो । 

कभर्डहलको सोही क्लबले व्यवस्थापन गर्दै आएको छ । कभर्डहल तयार भएपछि दिनप्रतिदिन नवआगन्तुक खेलाडी पनि ब्याडमिन्टन खेलमा आकर्षित भएको गौतमले बताउनुभयो । उहाँका अनुसार शुरुमा १५ खेलाडी रहेकामा अहिले दैनिक १०० खेलाडी खेल्ने गरेका छन् । क्लबमा ४७ खेलाडी आजीवन सदस्य छन् । 

खेलाडी आफैले मासिक रकम सङ्कलन गरी कभर्डहलको व्यवस्थापन गर्दै आएका छन् । कभर्डहलमा अहिले तीन कोर्ट निर्माण भएका छन् भने दुईमा काठको प्रयोग गरी पार्केटिङ गरिएको छ । कभर्डहल निर्माणका लागि समाजसेवी ध्रुवबहादुर प्रधानले एक कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो भने खेलाडीलाई हौसला बढाउन व्यायामका सामग्रीसमेत क्लबलाई सहयोग गर्नुभएको थियो । 

बिरामीलाई सहयोग 

पूर्वी नवलपरासीमा रहेको विजयी सामुदायिक वन उपभोक्ता समिति मध्यविन्दु–७ चोरमाराले अल्सरबाट पीडित मध्यविन्दु–७ चोरमाराकी टीकादेवी पाण्डेलाई उपचार खर्चका लागि रु १५ हजार सहयोग गरेको छ । 

अल्सरबाट पीडित पाण्डे वनको कुशल उपभोक्ता भएकाले उपचार खर्चमा राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको वन उपभोक्ता समितिका अध्यक्ष मधुविलास अधिकारीले बताउनुभयो । उहाँले पाण्डेजस्ता धेरै आर्थिक अवस्था कमजोर भएका उपभोक्तालाई आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । 

त्यसैगरी अध्यक्ष अधिकारीले वनप्रति इमान्दार तथा कुशल उपभोक्तालाई आगामी दिनमा पनि आर्थिक अवस्थाअनुसार सहयोग गर्दै जानेमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ