2026-06-28 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् उत्कृष्ट सेल्फी क्यामरा भएका स्मार्टफोन, पहिलो नम्बरमा कुन छ ? हेर्नुहोस्

2019-01-25

बजारमा रहेका स्मार्टफोन मध्ये कुन स्मार्टफोनको सेल्फी क्यामरा सबैभन्दा उत्कृष्ट छ त ? हालै एक रिपोर्टले स्मार्टफोनको सेल्फी क्यामराको उत्कृष्टताको सूची सार्वजनिक गरेको छ ।

स्मार्टफोन क्यामराको परीक्षण तथा सूचिकरण गर्ने डिएक्स ओ मार्क इमेज ल्याब्सले सबैभन्दा उत्कृष्ट फ्रन्ट क्यामरा भएका स्मार्टफोनको सूचि सार्वजनिक गरेको छ ।

जस अनुसार गुगल पिक्सेल थ्री र सामसुङ ग्यालेक्सी नोट नाइन सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोनको सूचिमा संयुक्त रुपमा पहिलो नम्बरमा परेका छन् । यी दुबै स्मार्टफोनले ९२ अंक पाएका छन् ।

सूचीमा शाओमीको एम आइ मिक्स थ्री तेश्रो नम्बरमा रहेको छ । जसले ८४ अंक पाएको छ । त्यस्तै चौथो नम्बरमा ८२ नम्बर सहित एप्पलको आइफोन एक्स म्याक्स रहेको छ ।

विश्वको नम्बर वान स्मार्टफोन कम्पनी सामसुङको ग्यालेक्सी एस नाइन प्लस सेल्फी क्यामराको उत्कृष्टताको सूचीमा पाँचौँ स्थानमा रहेको छ । यसले ८१ अंक पाएको छ ।

त्यस्तै गुगल पिक्सेल टू छैटौँ, हुवावे मेट ट्वान्टी प्रो सातौँ, ग्यालेक्सी एस एट आठौँ, हुवावे पी २० प्रो नवौँ र एप्पल आइफोन एक्स दशौँ नम्बरमा रहेका छन् ।

कसरी गरिन्छ सूचीकरण ?

डिएक्स ओमार्कका अनुसार सेल्फी क्यामराको उत्कृष्टताको परीक्षणका क्रममा अलग अलग स्थितिमा कम्तीमा १५ सय फोटो तथा २ घण्टाभन्दा बढिको भिडियो रेकर्डिङ गरिएको थियो । मुख्य क्यामराको परीक्षणका लागि अपनाइने विधि नै सेल्फी क्यामराको परीक्षणका लागि प्रयोग गरिएको छ ।

एक्सपोजर, रङ, फोकस, टेक्स्चर तथा फ्लासका लागि छुट्टाछुट्टै मापदण्ड तोकेर अंक दिइएको थियो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी