२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा राजश्व असुलीमा वृद्धि

२०७५, ११ माघ शुक्रबार ०९:५९

माघ ११, दाङ | आन्तरिक राजश्व कार्यालय तुलसीपुर, दाङले चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा रु एक अर्ब पाँच करोड ५६ लाख ८८ हजार राजश्व सङ्कलन गरेको छ । 

रु ९७ करोड ७५ लाख पाँच हजार राजश्व उठाउने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले लक्ष्यको तुलनामा आठ प्रतिशत अर्थात् रु सात करोड ८१ लाख ८३ हजार बढी राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार, सङ्कलन भएको राजश्वमा आयकरतर्फ रु ४६ करोड १० लाख ९६ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ३३ करोड ४६ लाख ३८ हजार, घर बहालतर्फ रु तीन करोड ३६ लाख ५८ हजार रहेको छ ।

त्यस्तै अन्तःशुल्क करतर्फ रु २० करोड ३७ लाख ७३ हजार, ब्याज करतर्फ रु एक करोड ३० लाख ५५ हजार, शिक्षा शुल्क करतर्फ रु ६९ लाख २८ हजार र स्वास्थ्य सेवा करतर्फ रु २५ लाख ४२ हजार राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत लीलाप्रसाद शर्माले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पुरानो बक्यौता असूलीका साथै कर परीक्षण र कर अनुसन्धानमा पछिल्लो समयमा गरिएको वृद्धिले पनि करको दायरामा वृद्धि भएको छ र यसबाट हामी लक्ष्यभन्दा बढी कर उठाउन सफल भएका छौँ । 

त्यसैगरी विभिन्न जिल्लामा एकीकृत घुम्ती कर शिविर सेवा सञ्चालन हुनु, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, सरकारले पनि राजश्व सङ्कलनमा वृद्धिका लागि विभिन्न नीति एवं अभियान सञ्चालन गर्र्नुले पनि राजश्व सङ्कलन बढेको उहाँको भनाइ छ । 

कार्यालयले आगामी दिनमा राजश्व असूली एवं धेरै भन्दा धेरै क्षेत्रलाई करको दायरामा ल्याउन आफ्ना गतिविधि केन्द्रित गर्ने लक्ष्य लिएको प्रमुख कर अधिकृत शर्माले बताउनुभयो । 

नयाँ करदाता थपिए 

चालू आवको यस अवधिमासम्म छ हजार नयाँ करदाता थपिएका सो कार्यालयले जनाएको छ । थपिएका नयाँ करदातासहित हाल यस कार्यालयको दायराभित्र विभिन्न छ जिल्लाका ८० हजार करदाता रहेका छन् । 

नयाँ करदाता थपिएका कारण राजश्व सङ्कलनमा वृद्धि भएको सो कार्यालयका कर अधिकृत लक्ष्मणसिंह श्रेष्ठले बताउनुभयो । दरबन्दी अनुसार कार्यालयमा कर्मचारी नहुँदा भने समस्या देखिएको छ । 

एकजना उपसचिव, छ जना अधिकृत, र आठजना नायब सुब्बाको दरबन्दी रहेको सो कार्यालयमा हाल एकजना उपसचिव, तीन जना अधिकृत र तीन जना नायब सुब्बा मात्र कार्यरत हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ