2026-10-23 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरिक्षमा पहिलो होटल: १२ दिनको यात्रा, एकै दिनमा १६ पटक सूर्योदय/सूर्यास्त देख्न सकिने

माघ १३, काठमाडौँ | पृथ्वीबाट ३२१ किलोमिटर टाढा अन्तरिक्षमा संसारकै पहिलो होटल बनाइने भएको छ । उक्त होटेल २०२१ देखि स्थापना गर्ने योजना छ । २०२२ देखि उक्त होटलमा गेस्ट जान सक्नेछन् । १२ दिनको यात्रामा ६ जना यात्रु होटलमा बस्न सक्ने बताइएको छ । होटलमा जानको लागि एक जना यात्रुले ९.५ मिलियन डलर (करीब १ अर्व ७ करोड नेपाली रुपयाँ) खर्च तिर्नुपर्ने अनुमान छ । 

अन्तरिक्ष होटलका विशेषता के-के हुने ? 

१. यात्री गुरुत्वाकर्षणहीन अवस्था (जीरो) को स्थितिमा रहनेछन् । होटलको नाम अरोरा स्टेशन राखिएको छ । उक्त होटललाई अमेरिकाको कम्पनी ओरायन स्पानले बनाएको हो ।

२. ओरायन स्पानको संस्थापक र सीईओ फ्रेन्क बन्जरका अनुसार यो होटल स्थापना गर्नुको कारण अन्तरिक्षमा आम मानिसको पहुँच पुर्याउनु रहेको छ । उनका अनुसार १२ दिनसम्म यात्रा गर्ने यात्रुले आफू अन्तरिक्ष यात्री भएको अनुभव गर्न सक्नेछ ।

३. बन्जरका अनुसार, “स्पेस होटलमा जाने पहिलो यात्रुले २ बर्ष तालिम लिनुपर्नेछ । जसमा तीन महीनाको ओरायन स्पेस एस्ट्रोनट सर्टिफिकेशन प्रोग्राम पनि शामिल हुनेछ ।” अरोरा स्टेशनलाई पृथ्वीदेखि ३२१ किलोमिटर टाढा अन्तरिक्षको कक्षमा स्थापित गरिनेछ ।

४. होटलले ९० मिनटमा पृथ्वीको एक चक्कर लगाउनेछ । जस अनुसार २४ घण्टामा उक्त होटलमा जाने यात्रुले १६ पटक सूर्योदय र सूर्यास्त देख्न सक्नेछन् ।

५. अरोरा स्टेशन जाने यात्रीहरुले पृथ्वीमा रहेका आफ्ना परिवार/साथीभाईसँग लाइभ च्याट पनि गर्न सक्नेछन् । होटलमा उनीहरुलाई हाईस्पीड वायरलेस इन्टरनेटको सुविधा दिईनेछ । यति मात्र होइन, प्रायोजकको तर्फबाट पृथ्वी फर्केको समयमा भव्य स्वागत पनि गरिनेछ ।

६. होटल ३५ फीट लामो र १२ फीटको उचाईमा स्थापित हुनेछ, यानेकि एक प्राइभेट जेटजस्तै लाग्नेछ । यसमा सुत्नको लागि स्लीपिङ प्याड र उच्च गुणस्तरीय अन्तरिक्ष खाना उपलब्ध गराइनेछ । होटलमा बार पनि बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने